Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनिर्वासनमा रहेका उइगरहरुको दाबी, ‘सिन्जियाङमा जबरजस्ती गर्भपतन र यातना भोग्नुपर्थ्यो’

निर्वासनमा रहेका उइगरहरुको दाबी, ‘सिन्जियाङमा जबरजस्ती गर्भपतन र यातना भोग्नुपर्थ्यो’


एजेन्सी । चीनको सिन्जियाङमा रहेका उइगरहरुलाई स्थानीय अधिकारीहरुले नियन्त्रणमा लिने र यातना शिविरमा राख‍्‍ने गरेको पाइएको छ । चीनबाट टर्की भागेका तीन उइगर महिलाहरुले सिन्जियाङको हिरासत केन्द्रमा भोगेको पीडाबारे जानकारी गराएका हुन् ।

जबरजस्ती गर्भपतन गराउने र यातना दिने गरेको पीडा सुनाएको उनीहरुले यातना सहन नसकेर भाग्नुपरेको बताएका छन् । तीन महिलामध्येकी एकले आफूलाई करिब साढे महिनाको अवधिमा गर्भपतन गर्न लगाइएको बताएकी छन् । पूर्व चिकित्सकसमेत रहेकी उनले सिन्जियाङमा उइगरहरुको जनसंख्या वृद्धि नहोस् भन्‍नका लागि बाँझोपन गराउने र गर्भपतनका लागि दबाब दिने गरेको बताएकी छन् ।सिन्जियाङमा रहँदा उनले चिनियाँ सेनाले आफूहरुलाई रातदिन यातना दिने, यौनका लागि बाध्य पार्ने गरेकोसमेत बताएकी छन् । उनले भनिन्, “म साढे ६ महिनाकी गर्भवती थिए । प्रहरीहरु आए । जसमा एक उइगर थिए र दुई चिनियाँ थिए । मलाई कारका राखेर अस्पताल लगे । त्यहाँ मेरो गर्भपतन गराइएको रहेछ ।”

५५ वर्षीया बुमर्जेन रोजीले सुरुमा आफूलाई पिल्स दिइएको बताइन् । आफूलाई त्यो के हो भन्‍ने थाहा नभए पनि आफूले खान अस्वीकार गरेपछि पिटेकोसमेत बताएकी छन् । चिनियाँ अधिकारीहरुले हरेक घरघरमा मानिसहरु पठाएर महिलाको अल्ट्रासाउन्ड गर्ने र गर्भवती भएनभएको विवरण संकलन गर्ने गरेको बताएकी छन् । चिनियाँ अधिकारीहरुको निर्देशन नमान्‍नेहरुलाई यातना शिविरमा लगेर पटक-पटक यौनका लागि बाध्य पार्ने गरेको उइगर महिलाहरुले बताएका छन् ।

चीन सरकारले सिन्जियाङमा रहेका उइगरहरुलाई यातना दिएको र अल्पसंख्यक उइगरहरुमाथि नरसंहार गरिरहेको आरोप लगाएका छन् । चीनले मानवअधिकारको चरम उल्लंघन गरेको भन्दै अमेरिका, बेलायत, क्यानडालगायतका मुलुकहरुले प्रतिबन्धसमेत लगाएका थिए । श्रोत : एपी न्यूज



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ