Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्युवामाथिको अमेरिकी नाकाबन्दी फुकुवाको पक्षमा नेपालसहित १८४ देशको मतदान

क्युवामाथिको अमेरिकी नाकाबन्दी फुकुवाको पक्षमा नेपालसहित १८४ देशको मतदान


काठमाडौं । अमेरिकाले क्युवामाथि लगाउँदै आएको नाकाबन्दी हटाउने सम्बन्धी प्रस्तावको पक्षमा नेपालसहित विश्वका १८४ देशले मतदान गरेका छन् । संयुक्त राष्ट्रसंघमा प्रस्तावमाथि भएको बुधबारको मतदानमा नेपालसहितका देशले मतदान गरे पनि अमेरिकाले भने विपक्षमा मत दिएको हो ।

नाकाबन्दी हटाउने प्रस्तावको विपक्षमा अमेरिकासँगै इजरायलले पनि मतदान गरेको छ । कोलम्बिया, युक्रेन र ब्राजिल भने मतदानमा अनुपस्थित थिए । सन् १९९२ देखि यो प्रस्ताव पारित हुँदै आएको छ । सन् २०१९ मा भएको मतदानमा १८७ देशले क्युवामाथिको नाकाबन्दी हटाउन माग गरेका थिए । अमेरिकाले लामो समयदेखि क्युबामाथि आर्थिक नाकाबन्दी लगाउँदै आएको छ । विश्वका अधिकांश देशले नाकाबन्दी फुकुवा गर्नु पर्ने माग गरे पनि अमेरिकाले भने अडान परिवर्तन गरेको गरेको छैन ।

मानवअधिकार र प्रजातन्त्रको रक्षाका लागि नाकाबन्दी लगाउँदै आएको अमेरिकी पक्षले दाबी गर्दै आएको छ । मतदानको क्रममा क्युवाका विदेश मन्त्री ब्रुनो रोड्रिग्वेज पारिला उपस्थित थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ