Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नीका बालबालिकालाई क्रिकेट सिकाउँदै पारस खड्का

सिड्नीका बालबालिकालाई क्रिकेट सिकाउँदै पारस खड्का


सन्ताेष ओझा/सिड्नी

नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान पारस खड्काले अष्ट्रेलियाको सिड्नीमा बालबालिकालाई क्रिकेट खेल्न सिकाएका छन् । 

अर्लवुड स्थित विमान ओभलमा आईतबार भेला भएका दर्जनौं स्थानिय बालबालिकालाई खड्काले क्रिकेट सिकाएका हुन् । राष्ट्रिय टोलीका कप्तान खड्कालाई टोलीका सदस्य दिपेन्द्र सिंह ऐरीले साथ दिएका थिए ।

नेपाली क्रिकेटको सफलता तथा अष्ट्रेलियामा रहेका नेपाली समुदायका बालबालिकालाई खेलप्रति आकर्षित गर्नका साथै प्रोत्साहन गर्न राष्ट्रिय टोलीका सदस्यले विभिन्न शहरमा क्रिकेट कार्यशालाको आयोजना गर्दै आएका छन् । अष्ट्रेलिया स्थित एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको निमन्त्रणामा खेलाडीहरु हाल अष्ट्रेलियाका विभिन्न शहरहरुको भ्रमणमा छन् । यसक्रममा उनीहरु स्थानिय क्रिकेट संस्कृति, संरचना को अवलोकन तथा क्रिकेट अष्ट्रेलियाका अधिकारीहरुसँग महत्वपुर्ण भेटघाटमा सहभागि हुने आयोजकले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ