Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना महामारीविरुद्ध विश्व समुदाय एकजुट हुनुपर्छ : भारतीय प्रधानमन्त्री मोदी

कोरोना महामारीविरुद्ध विश्व समुदाय एकजुट हुनुपर्छ : भारतीय प्रधानमन्त्री मोदी


नयाँ दिल्ली, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ तथा भबिष्यमा हुने माहामारी बिरुद्ध विश्व समुदाय एक हुनुपर्ने बताएका छन् । जी सेभेन सम्मेलनमा प्रधानमन्त्री मोदीले कोभिड १९ लगायत भबिष्यमा हुने माहामारी बिरुद्ध विश्वको सहकार्य हुनुपर्ने जोड दिएका हुन् ।

बेलायतको कर्नवाल शहरमा भएको ४७ औँ जी सेभेन सम्मेलनमा प्रधानमन्त्री मोदीले वान अर्थ, वान हेल्थ अप्रोच लिएर यस्ता माहामारीहरु बिरुद्ध विश्व समुदाय एक हुनुपर्ने बताए । लोकतान्त्रीक तथा पारदर्शी समाजले यस्ता भबिष्यमा हुने माहामारी बिरुद्ध वान अर्थ, वान हेल्थको अप्रोच लिनुपर्ने प्रधानमन्त्री मोदीको आग्रह थियो । कोरोना माहामारी बिरुद्ध भारत सरकार, नागरिक समाज, उधोग क्षेत्रले लिएको कदम र योगदानबारे प्रधानमन्त्री मोदीले सम्मेलनमा जानकारी दिएका थिए ।

भारत र दक्षिण अफ्रिकाले कोभिड खोप उत्पादन, वितरण अनुमतिबारे विश्व व्यापार संगठनमा गरेको प्रस्ताबमाथि सहयोग गर्न प्रधानमन्त्री मोदीले जी सेभेन राष्ट्रहरुलाई आग्रह गरे । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि खोपको बिषयमा प्रधानमन्त्री मोदीको समर्थन गरे । सात ठुला आर्थिक मुलुकहरु अमेरिका, बेलायत, क्यानडा, जर्मनी, फ्रान्स, ईटाली र जापानको सहकार्य जी सेभेन को सम्मेलनमा भारत तथा अष्ट्रेलिया पाहुना राष्ट्रको रुपमा सहभागी थिए । स्रोतः हिन्दुस्तान टाईम्स



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ