Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसहयोगीलाई चुम्मन गरेको फोटो बाहिरिएपछि बेलायती स्वास्थ्यमन्त्री हान्ककले छाडे मन्त्री पद

सहयोगीलाई चुम्मन गरेको फोटो बाहिरिएपछि बेलायती स्वास्थ्यमन्त्री हान्ककले छाडे मन्त्री पद


काठमाडौं । बेलायतका स्वास्थ्यमन्त्री म्याट हान्ककले पदबाट राजीनामा दिनुभएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण लागि भएको सामाजिक दूरीको नियम उल्लंघन गरेका कारण हान्ककले मन्त्री पदबाट राजीनामा दिनुपरेको हो ।

सरकारले लागु गरेको सामाजिक दूरीको नियम उल्लंघन गरी बेलायतका स्वास्थ्यमन्त्री हान्ककले सहकर्मीलाई चुम्बन गरेका थिए । म्याटले प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र लेखेर राजीनामा दिएका हुन् । द सन पत्रिकाले म्याट र सहयोगी जिना कोलाडान्गेलोले चुम्बन गर्दै गरेको तस्बिर छापेको थियो । म्याटले १५ वर्षको वैवाहिक जीवन पनि अन्त्य गरेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् र त्यसको कारण सोही चुम्बन रहेको उल्लेख छ । जिनाले पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी छोड्नुहुने भएको छ ।

महामारीका बेला धेरै कुरा त्याग गरेका नागरिक प्रति ऋणि हुँदै आफूबाट उनीहरुलाई निरासा पार्ने काम भएको भन्दै राजीनामा दिएको उल्लेख गरिएको छ । साजिद जाविद नयाँ स्वास्थ्य मन्त्रीमा नियुक्त भएको प्रधानमन्त्री जोन्सनको कार्यालयले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ