Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए अष्ट्रेलियाको सदस्यमा १६ हजार बढीको आवेदन । एकै दिन थपिए ५ हजार सदस्य

एनआरएनए अष्ट्रेलियाको सदस्यमा १६ हजार बढीको आवेदन । एकै दिन थपिए ५ हजार सदस्य


ब्रिजवेन, गैरआवासिय नेपाली संघ अष्ट्रेलियाको सदस्यमा आवेदन दिनेहरुको संख्या एकै रातमा नाटकिय ढंगले वृद्धी भएको छ ।
पछिल्लो ४८ घण्टामा ५ हजारभन्दा बढीको आवेदन परेको हो । सदस्यतामा हालसम्म जम्मा १६ हजार ३ सय ८३ आवेदन परेको छ । जसमध्ये १४ हजार ५सय १५ रजिष्टर्ड सदस्य, १५ सय ६७  आजिवन सदस्य तथा ३ सय १ जना एसोसियट सदस्य छन् ।  विद्यार्थी भिषाका एसोसियट सदस्यले भोट हाल्न पाउदैनन् ।  यो  सदस्या संख्या हालसम्मकै सबैभन्दा धेरै रहेको एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।

मे १० देखि जुन १० तारिख सम्म खुल्ला गरिएको सदस्यता आवेदनमा एक हजार जानाले समेत आवेदन नदिएपछि जुन २७ तारिखसम्म म्याद थप गरिएको थियो । थप गरिएको समयमा समेत सदस्यताका लागि आवेदन दिने संख्या उल्लेख्य बढेको थिएन । जुन २१ तारिख बिहान ८ बजेसम्म १९८० नयाँ आवेदक रहेकोमा जुन २५ सम्म ४९१९ अर्थात दोब्बरभन्दा बढी आवेदन परेको हो । त्यस्तै त्यसको केही घण्टामै सदस्याताका लागि आवेदन दिनेहरुको संख्या दोब्बर भन्दा बढीले वृद्धी भएको छ । जुन २७ बिहानसम्म १० हजार २३० जनाले थप आवदेन दिएका थिए । आवेदनको समयसिमा सकिनै लाग्दासम्म यो संख्या बढेर १२ हजार ५ सय २५ नयाँ आवेदक पुगेको छ । यस अवधीमा ३६ सय २६ जनाको सदस्यता स्विकृत भएको छ भने २ सय १६ जनाको सदस्यता प्रमाणित हुन बाकी छ ।

जुन २१ तारिख बिहानको तथ्याकं । स्रोत- NRNA Australia

अन्तिम समयमा एनआरएनए अष्ट्रेलियाको सदस्यता बढ्नु नौलो कुरा होईन, अघिल्लो चुनावका बेला पनि एकै रातमा ५ हजार सदस्यता बढेपछि अनियमितता भएको हुनसक्ने भन्दै विरोध भएको थियो । यसपाली बैंकको डेबिट वा क्रेडिट कार्डले आफु र आफ्नो परिवारको सदस्य बढीमा चार जनाको मात्रै सदस्यता शुल्क तिर्न मिल्ने प्रावधान राखिएको थियो । तर, अन्तिम समयमा पे पालबाट पनि शुल्क तिर्न मिल्ने व्यवस्था थप गरिएको थियो । पेपालबाट शुल्क तिर्दा तिर्नेको वास्तविक पहचान पत्ता लगाउन झण्झट हुने भएकाले, एकै व्यक्तिले धेरै जनाको शुल्क तिरेर सदस्यता बनाउन सक्ने अवस्था समेत आएको भन्दै आलोचना भएको थियो । कतिपयले अन्तिम समयमा सदस्य ह्वात्तै बढ्नुलाई पेपालसंग जोडेर पनि हेर्ने गरेका छन् ।

जुन २८ तारिख बिहानको तथ्याकं । स्रोत- NRNA

तर, एनआरएनए अष्ट्रेलिया भने यो मान्न तयार छैन । प्रवक्ता नन्द गुरुङका अनुसार अन्तिम समयमा मात्र सक्रिय हुने नेपालीको बानीका कारण यस्तो हो । ‘हामी अन्तिममा मात्रै तात्ने बानी छ’-गुरुङले भन्नुभयो-‘समय छदा चुपचाप बस्नेहरु अन्तिम समयमा आएर सदस्यता लिन हतार गरेको पाइयो ।’
मैरै साथीभाई र आफन्तले पनि अन्तिम समयमा सदस्य बनेको भनेर मलाई टेक्ट गर्नुभएको छ -गुरुङले भन्नुभयो । आवेदन दिएकाहरुको कागजात प्रमाणिकरण गर्नुपर्ने भएकाले सबैले सदस्यता नपाउने बताईएको छ ।
यसैबिच एनआरएनए अष्ट्रेलियाको चुनाव जुलाई ३१ मै हुने तय भएको छ । चुनाव अनलाईन भोटिङबाट गर्ने तयारी भईरहेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ