Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalप्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजबाट सरकारी पक्षको सुनुवाइ

प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजबाट सरकारी पक्षको सुनुवाइ


काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमाथी आजदेखि सरकारी पक्षले बहस गर्दैछन । आइतबार रिट निवेदनकर्ताको तर्फबाट बहस सकिएसँगै आजदेखि सरकारी पक्षको बहस सुरु भएको हो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले दायर गरेको रिटको सुनुवाइका लागि संवैधानिक इजलासले दिएको १२ घण्टाको सीमा सकिएसंगै रिटका पक्षधरको वहस टुंगिएको हो । १२ घण्टाको समय सीमामा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा असार ९ गते बुधबारदेखि नियमित बहस शुरु भएको हो ।

आज शुरु हुने सरकार पक्षको वहसका लागि इजलासले १५ घण्टाको समय दिएको छ । उक्त समय सीमा भित्रैबाट १ घण्टा रिट निवेदनमा विपक्षी बनाइएको सभामुखका कानुन व्यवसायीहरुलाई छुट्याइएको छ । सरकारी पक्षले गरेको आन्तरिक व्यवस्थापन अनुसार महान्यायाधिवक्ता बडालले ३ घण्टा र नायब महान्यायाधिवक्ता पदम पाण्डेले २ घण्टा बहस गर्नेछन् । सरकारी पक्षले पाएको १४ घण्टामध्ये प्रधानमन्त्री र राष्ट्रपतिका निजी कानुन व्यवसायीका लागि साढे ६ घण्टा समय छुट्टयाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ