Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआजदेखि वेष्टर्न अष्ट्रेलियामा पनि स्वैच्छिक सहयोग मरणको अधिकार, अरु कुन राज्यमा छ यस्तो कानुन

आजदेखि वेष्टर्न अष्ट्रेलियामा पनि स्वैच्छिक सहयोग मरणको अधिकार, अरु कुन राज्यमा छ यस्तो कानुन


ब्रिजवेन । अष्ट्रेलियाको राज्य वेष्टर्न अष्ट्रेलिया डब्लुएले पनि बिहिबारदेखि स्वैच्छिक सहयोग मरण (भोलेन्टरी एसिस्टेड डाइङ ) भिएडीलाई कानुनी मान्यता दिएको छ । सन् २०१९ मा संसदमा पेश भएको मस्यौदालाई लामो छलफलपछि कानुनको रुपमा पारित गरिएको हो । यसअघि सन् २०१९ मा भिक्टोरिया राज्यले भिएडीलाई कानुनी मान्यता दिएको छ ।

डब्लुए राज्यको कानुनले भिएडीलाई भिक्टोरियाको भन्दा केही सजिलो बनाएको छ । भिएडीबारे बिरामीले चिकित्सकसंग संचारको माध्यमबाट कुराकानी गर्न सक्दैन थिए भने वेष्टर्न अष्ट्रेलियाको कानुनले बिरामीलाई उक्त सुविधा दिएको छ । अष्ट्रेलियाको संघिय कानुनले आत्महत्याका बारेमा टेलिफोन वा इन्टरनेटमा छलफल गर्न प्रतिबन्ध लगाएको छ । तर, राज्यस्तरमा लागु गरिएका भिएडी कानुन पालना गर्दा चिकित्सकहरुमाथी कानुनी झमेला आउन सक्ने तर्फ अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

भिएडी कानुन लागु भएपनि स्वैच्छिक मर’णका लागि अनुमति लिन त्यत्ति सजिलो भने छैन ।  वेष्टर्न अष्ट्रेलिया सरकारले आज जारी गरेको विज्ञप्ती अनुसार उपचारै संभव नहुने तथा छोटो समयकै अवधीमा मृ’त्युवरण गर्ने तय भएका आफ्ना राज्यका बासिन्दा बिरामीले स्वैच्छिक सहयोगी मर’णको लागि आवदेन दिन सक्नेछन् । विज्ञप्ती अनुसार भिएडीका लागि बिरामी आफैले मात्र आवेदन दिन सक्नेछन् भने त्यस्तो आवेदन तीन पटकसम्म दिएर भिएडीप्रति बिरामीले धारणा पक्का गर्नुपर्नेछ । त्यस्तै दुइ जना चिकित्सकले बिरामीको अवस्थाबारे स्वतन्त्र रुपमा मुल्यांकन गर्नुपर्नेछ । भिएडी स्विकृत भएपनि बिरामीले जतिबेला पनि आफ्नो इच्छा परिवर्तन गर्न सक्नेछन् ।

भिएडी छनोट गर्ने बिरामीका बारेमा निकै सुक्ष्म तवरले अध्ययन अनुसन्धान गरि कसैकोे जवरजस्तीमा नपरि गरिएको निर्णय हो पनि निश्चित गर्न बलियो संयन्त्र बनाइने वेष्टर्न अष्ट्रेलियाले जनाएको छ । स्विकृत गर्नअघि बिरामीलाई रोगको उपचार र प्यालिएटिभ केयरको विकल्पका बारेमा अनिवार्य जानकारी गराउनुपर्नेछ । राज्यमा प्यालिएटिभ केयरको अवस्था सुधार गर्न राज्य सरकारले सन् २०१९ देखि ९० मिलियन डलर रकम बिनियोजन गरेको पनि विज्ञप्तीमा भनिएको छ ।

राज्यका प्रिमियर मार्क म्यागोवनले भिडिए कानुन पारित गर्ने दोस्रो राज्य भएकोमा गर्व लागेको बताउनुभयो । यो कानुनले धरै मानिस र उनीहरुको प्रियजनको जीवनमा महत्वपुर्ण फरक पार्नेछ प्रिमियर म्यागोवन भन्नुभयो ।

Photo वेष्टर्न अष्ट्रेलियाका प्रिमियर मार्क म्याकगोवन

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ