Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना भाइरस माहामारीको बाबजुद भारतमा लगानी वृद्धि

कोरोना भाइरस माहामारीको बाबजुद भारतमा लगानी वृद्धि


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको दोस्रो लहरले आर्थिक क्षेत्र प्रभावित भएपनि लगानी बढिरहेको छ । भारतमा कोरोना भाइरसको दोस्रो लहरको संकटको बाबजुद पनि नयाँ व्यापारहरुमा लगानी बढिरहेको डाटा रिसर्च योरस्टोरी ले देखाएको छ ।

यो बर्ष सन् २०२१ जनवरि देखि मे सम्मको लगानी हेर्दा भारतमा लगानी सन्तुलित र सहि दिशामा रहेको बताईएको छ । यो बर्षको पहिलो पाँच महिनामा मात्र आठ अर्ब ७६ करोड अमेरिकी डलर बराबरको लगानी भएको योरस्टोरी रिसर्चले देखाएको छ । गत बर्ष २०२० को पहिलो छ महिनाको चार अब ८५ करोड अमेरिकी डलर बराबरको लगानी भन्दा यो बर्षको लगानी ८० प्रतिशत धेरै रहेको बताईएको छ । कोरोना भाइरस माहामारीले समग्र अर्थतन्त्रमा असर पारेपनि भारतमा वैदेशिक र आन्तरिक लगानीहरु बढीरहेको छ । स्रोत : योरस्टोरी



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ