Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजानिराख्नुहोस्, प्याज खादा हुने यी १० फाइदाहरु

जानिराख्नुहोस्, प्याज खादा हुने यी १० फाइदाहरु


काठमाडौं । विश्वमा सबैभन्दा बढि खाइने तरकारीमा पर्छ प्याज । विश्वका प्राय सबै भान्सामा प्याजको प्रयोग हुनेगरेको छ । कतिपयले गन्धका कारण प्याज सेवनबाट हच्किने गरेको भएपनि यसको सेवनका फाइदा निक्कै धेरै छन् । प्याज स्वादिलो र राम्रो तरकारी मात्र होइन, अति राम्रो औषधिय गुण भएको बस्तु हो ।

प्याजमा केलिसिन र राइबो फलेबिन (भिटामिन बी) समेत पर्याप्त मात्रामा पाइन्छ । यसका साथै प्याजमा ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ । एनप्रोपाइल डाइसल्फाइडका कारण प्याजमा गन्ध आउने गरेको हो । यो पदार्थ पानीमा घुलनशील एमिनो अम्ल माथि एन्जाइमको प्रतिक्रियाले गर्दा निर्मित हुन्छ ।

प्याजको सेवनले स्वास्थ्यमा हुने फइदाहरु यस्ता छन्

१. चिकित्सकका अनुसार प्याजको नियमित सेवने ग्यास्ट्रिक, अल्सर हुनबाट जोगाउँछ ।
२. प्याजको नियमित सेवनले ओस्टियोस्पोरोसिस हुने जोखिम कम हुन्छ ।
३. प्याजको नियमित उपयोगबाट पेट र मस्तिष्कको क्यान्सर हुने जोखिम समेत कम गर्छ ।
४. यसले रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसराइड र थ्रोम्बोक्सेनको स्तरमा समेत कमी ल्याउँछ ।
५. यसमा हुने एन्टिब्याक्टेरियल र एन्टिफंगल गुणले संक्रमणको जोखिमक कम गर्दछ ।
६. प्याज अजीर्ण, खाना नरुच्ने, नपच्ने र झाडापखालामा पनि उपयोगी हुन्छ ।
७. प्याजलाई जीवाणुरोधी, तनावरोधी, पीडानाशक समेत मानिन्छ ।
८. यसको सेवन मधुमेह, पत्थरी र वाथमा समेत उपयोगी मानिन्छ ।
९. प्याजको सेवनले शरिरमा हुने गर्मीमा नियन्त्रण पाउन सकिन्छ ।
१०. यसको सेवनले राम्रो निन्द्रा पर्ने जनविश्वास समेत रहिआएको छ ।
श्रोत : विभिन्न एजेन्सी



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ