Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाकाे बर्खास्त हल्ला मात्र

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाकाे बर्खास्त हल्ला मात्र


सिड्नी/ सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको समाचार हल्ला मात्र भएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ  । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको स्थानिय संचारमाध्यमले समाचार लेखेपछि पराराष्ट्र मन्त्रालयले त्यसमा सत्यता नभएकाे जनाएकाे हाे ।

त्यसाे त, राजदूत शेर्पाले राजिनामा दिएकाे समाचारकाे पनि राजदूत शेर्पाले खण्डन गर्नुभएकाे छ । नेपालट्युबसंग कुरा गर्दै राजदूत शेर्पाले आफुबारे कुनै निर्णय नभएकाले हल्ला पछि नलाग्न सबैलाई अनुराेध गर्नुभएकाे छ ।

राजदूतका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदुत लक्की शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका थिए । राजदूत शेर्पाले भने यो दाबी खण्डन गर्दै आउनु भएकाे छ । विवाद सार्वजनिक भएपछि सरकारले छानविन समिति बनाएकाे थियाे । छानविन समितिले राजदूत शेर्पालाई नेपाल झिकाएर बयान लिएकाे थियाे । परराष्ट्र मन्त्रालयद्वारा गठित समितिले शेर्पालाई सफाइ दिएकाे स्रेातकाे भनाई छ ।

छोटो समयमै  कुटनीतिक शान र मान कमाउन सफल राजदूत शेर्पामाथि आफ्नै कामदारले पैस लेनदेनकाे आरोप लगाउँदै सञ्चार माध्यममा सार्वजनिक अभिव्यक्ति दिपछि यो विषय निकै  गम्भीर बनेको थियो । 

त्यसाे त, राजदूतावासले भने निकै बदमास रहेका वाड्चु शेर्पाले बहुमूल्य गरगहना चोरेर भागेको र यहाँ स्थायी बसोबासका लागि बिभिन्न बहाना बनाउँदै झूठा आरोप लगाएको विज्ञप्ती निकालेकाे थियाे । 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ