Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमध्यपूर्व बाट हुने तेल निर्यातमा भारतको भारी कटौती

मध्यपूर्व बाट हुने तेल निर्यातमा भारतको भारी कटौती


नयाँ दिल्ली । भारतले आफ्ना उर्जा स्रोतहरुको विविधता खोज्दै मध्यपूर्व बाट तेल निर्यातमा भारी कटौती गरेको छ । विश्वकै तेस्रो ठुलो तेल निर्यातकर्ता भारतले उर्जा श्रोतहरुमा विविधता खोज्दै मध्यपूर्व बाट तेल निर्यात उल्लेख्य मात्रामा घटाएको छ । भारत सरकारले उर्जा सामाग्री निर्यातमा विविधता खोजेको भन्दै तेल प्रशोधनकर्ताहरुले अन्य विकल्प खोजेका हुन् ।

मध्यपूर्वी मुलुकहरु बाट भारतमा हुने तेल निर्यातको मात्रा विगत २५ महिना यताकै सबैभन्दा कम रहेको बताईएको छ । मध्यपूर्व बाट भारतमा सन् २०१९ अप्रिलमा ६७ दशमलब ९ प्रतिशत भएको तेल निर्यात पछिल्लो समय ५२ दशमलब ७ प्रतिशतमा झरेको छ । भारतको दोस्रो ठुलो तेल आपूर्तिकर्ता साउदी अरब बाट तेल निर्यात गत बर्षभन्दा एक चौथाई कम भएको छ । त्यस्तै, भारतमा तेल आपूर्तिको हिसाबले तेस्रो स्थानमा रहेको यूएई हाल सातौँ स्थानमा पुगेको छ ।

पछिल्लो समय भारतीय प्रशोधनकर्ताहरुले अमेरिका, ल्याटिन अमेरिका तथा भूमध्यसागरीय मुलुकहरुबाट तेल निर्यात बढाएका छन् । तेल आपुर्ति सहज बनाउन भारतको आग्रह मध्यपूर्वी मुलुकहरुले बेवास्ता गरेपछि भारत सरकारले कच्चा पदार्थहरु निर्यातको श्रोतमा विविधता ल्याउन प्रशोधनकर्ताहरुलाई निर्देशन दिएको छ । स्रोत खालिज टाईम्स



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ