Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमंगलबारबाट काठमाडौं उपत्यकामा सबै सवारी साधन चल्ने, ६ वटा सेवा मात्रै खुल्न बाँकी

मंगलबारबाट काठमाडौं उपत्यकामा सबै सवारी साधन चल्ने, ६ वटा सेवा मात्रै खुल्न बाँकी


काठमाडौं । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशलाई थप खुकुलो बनाउदै जोर विजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

जोर विजोर प्रणाली हटेको र अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसअघि बारम्बार यातायात व्यवसायीहरुले यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालयमा पुगेर जोर बिजोर प्रणाली हटाउन माग गरेका थिए । ब्यवहासायीहरुले सिमित गाडी चल्दा भीडभाड र कोरोनाको जोखिम उच्च हुने बताउँदैआएका थिए । जिल्ला प्रशासन कार्यालयमार्फत जारी गरिएको पछिल्लो पटकको निषेधाज्ञा २१ गते रातीबाट सकिदैछ, २२ गतेबाट केही सेवा सुविधालाई खुकुलो बनाउँखै असार २९ सम्म निषेधाज्ञा समेत लम्ब्याइएको छ ।

यता, सरकारले जोर बिजोर प्रणालीका आधारमा भाडाका सवारी साधन सञ्चालनको अनुमति दिएपनि जनस्वास्थ्यका मापदण्डमा कडाई गर्ने दाबी गरेपनि सडकमा गुड्ने गाडीहरुले कोचाकोच यात्रु बोकिरहेका छन् । अधिकांश भाडाका गाडीमा स्यानिटाइजर नै राखिएको पाइदैन । सिटभरि, अझ उभ्याएर समेत यात्रु बोक्ने भाडाका गाडीले भाडा भने बितकोमा थप आधा थपेर लिदैआएका छन् ।

निषेधाज्ञामा यी ६ क्षेत्रमाथी बन्देज
प्रशासनले सबै प्रकारका सभा–सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, स्वीमिङ पुल, खेलस्थललगायतका भिड हुने क्षेत्रमा रोक कायमै राखेको छ । खुला स्थानमा मानिसको भेला, जम्मा हुन, सभा जुलुस र जात्रा महोत्सव गर्न अझै रोक लगाइएको छ । पुजारीबाट हुने पूजाबाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । भौतिक उपस्थितिको पठनपाठनमा अझै रोक लगाइएको छ ।

स्थानीय ढुवानीका गाडी ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने भनिएको छ ।

यस्तो छ विज्ञप्तीः



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ