Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना प्रभावः जुन महिनामा ११ सय पर्यटक मात्रै नेपाल भित्रिए

कोरोना प्रभावः जुन महिनामा ११ सय पर्यटक मात्रै नेपाल भित्रिए


काठमाडौं । कोरोना भाइरस महाकारीका कारण निषेधाज्ञाका बीच गत जुन महिनामा १ हजार १०० जना विदेशी पर्यटक नेपाल आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई मार्ग हुँदै जम्मा एक हजार १०० विदेशी नेपाल भित्रिएका हुन् । स्थल मार्गबाट कति पर्यटक भित्रिय भन्नेबारे भने एकिन छैन ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण नेपाल सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो । अध्यागमन विभागले सार्वजनिक गरेको जुन महिनाको तथ्याङ्कअनुसार नियमित उडान बन्द भएका समयमा चार्टर्ड तथा उद्धार उडानमार्फत १११ देशबाट १ हजार १४३ विदेशी नेपाल भित्रिएका छन् । यीमध्ये ७०८ पुरुष, ४३४ महिला र एक जना अन्य छन् । जुन महिनामा १ हजार १४३ जना विदेशीका अतिरिक्त ९ हजार ५५९ जना नेपाली स्वदेश भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । निषेधाज्ञाका समयमा नेपाल भित्रनेभन्दा बाहिरिने विदेशी पर्यटक धेरै पाइएको छ । जुन महिनामा ३ हजार ६०६ जना विदेशी बाहिरिएका छन् । एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै ३ हजार ६०६ जना विदेशी र ९ हजार ६५१ नेपाली गरी १३ हजार २५६ जना बाहिरिएका थिए ।

कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिल महिनामा भित्रिएका थिए । विभागको तथ्याङ्कअनुसार अप्रिल महिनामा १४४ देशबाट २२ हजार ४५० जना विदेशी नेपाल भित्रिएका छन् । सन् २०२१ को छ महिनामा विभिन्न देशका ५८ हजार ५८ जना विदेशी पर्यटक नेपाल आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ