Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअपहरणमा परेको भनिएकी चितवनकी सुजिता भण्डारी मृत अवस्थामा भेटिइन

अपहरणमा परेको भनिएकी चितवनकी सुजिता भण्डारी मृत अवस्थामा भेटिइन


चितवन । अपहरणमा परेको भनिएकी चितवन, राप्ती–३ की २२ वर्षीया सुजिता भण्डारी मृत अवस्थामा भेटिएकी छन् । घरबाट करिब ४ किमी पर ब्रम्हस्थानी सामुदायिक वनमा उनको शव भेटिएको प्रहरीले जानकारी दिएको हो ।

परिवारका अनुसार असार ११ गते बिहान तरकारी किन्न निस्किएकी उनले दिउँसो सवा १२ बजे दिदी कवितालाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएकी थिइन् । परिवारले अपहरण भएको भन्दै केहिदिन पहिले प्रहरीमा उजुरी गरेका थिए । ३ जनाले अपहरण गरेको आशंका परिवारले गरेका थिए । आइतबार दिउँसो भेटिए पनि परिवारले साँझमात्रै शव सुजाताकै भएको सनाखत गरेपनि पहिचान खुलेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले फरेन्सिक चिकित्सकसहितको विज्ञ टोलीबाट थप अनुसन्धान गरेर मात्रै शव उठाइने जानकारी दिनुभयो ।

शव भेटिएको स्थल अहिले शील गरेर राखिएको छ । उनको खोजविन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको थियो । सोही टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनाबारे प्रहरीले अन्य कुनै सुराकी फेला पारेको बारे सार्वजनिक गरेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ