Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअन्तरीक्षमा चीनले पठायो जल तथा मौसमको अध्ययन गर्ने विश्वकै पहिलो स्याटेलाइट

अन्तरीक्षमा चीनले पठायो जल तथा मौसमको अध्ययन गर्ने विश्वकै पहिलो स्याटेलाइट


बेइजिङ । अन्तरीक्षमा रहेर जल तथा मौसमको अध्ययन गर्नेगरि चीनले सोमबार फेन्गुइन–थ्रीई स्याटेलाइट प्रक्षेपण गरेको छ । सोमबार बिहान उत्तरपश्चिम चीनको जिक्वान स्याटेलाइट लन्च सेन्टरबाट लङ मार्च–फोरसी रकेटमा हालेर उक्त स्याटेलाइट अन्तरीक्षमा पठाइएको हो ।

अन्तरिक्षबाटै जल तथा मौसमको अध्ययन गर्ने यो विश्वकै पहिलो स्यटेलाइट भएको बताइएको छ । विज्ञहरुले प्रक्षेपणप्रति उत्साह व्यक्त गर्दै मौसमको तथ्यांकमा हुने कमीकमजोरीलाई सच्याएर विश्व जल तथा मौसमबारे अध्ययन सुरु भएको दाबी गरेका छन् । स्याटेलाइटले चीनको मौसम भविष्यवाणीलाई तथ्यपरक बनाउने र जल तथा मौसम अन्वेषणलाई थप सुद्धढ बनाउने आशा गरिएको छ । आठ वर्ष लगाएर बनाइएको उक्त स्याटेलाइटमा ११ वटा रिमोट सेन्सर जडान गरिएको छ ।

चिनियाँ अन्तरीक्ष नियोगका अनुसार उक्त स्याटेलाइटले बिहानदेखि बेलुकासम्मको मौसमको जानकारी दिँदै विश्वकै मौसमबारे तथ्यांकहरु उपलब्ध गराउने छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ