Techie IT
Monday August 2, 2021  |   सोमवार, साउन १८, २०७८
गृहपृष्ठ » Breaking News » हेलिकप्टरबाट हेलम्बु पुगेर अभिनेता राजेश हमालले बाढे बाढी प्रभावितलाई राहत

हेलिकप्टरबाट हेलम्बु पुगेर अभिनेता राजेश हमालले बाढे बाढी प्रभावितलाई राहत


106 Views

काठमाडौं । अभिनेता राजेश हमालले बाढीबाट प्रभावित सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरीमा पुगेर राहत सामाग्री वितरण गर्नुभएको छ । सिम्रीक एअरको हेलिकप्टरबाट हेलम्बु पुग्नुभएका अभिनेता हमालले स्थानीयलाई खानेकुरा, सत्ताकपडाका साथै बिजुली चार्जर उपकरण वितरण गर्नुभएको हो ।

यस अघि पनि श्वेता खड्का, आँचल शर्मा, मिलन चाम्स, पुजा शर्मा लगायतले सिन्धुपाल्चोकको मेलम्चीसहित हेलम्बुका बाढी प्रभावितहरुलाई राहत वितरण गरेका थिए । कलाकारहरुद्धारा संचालित सिन्धु कोषमा झन्डै ५० लाख रकम संकलन भएको जानकारी दिइएको छ । कलाकारहरुले सहयोग कोषको स्थापना गरी बाढी पहिरो लगायतका विपद्धमा परेकाहरुलाई सहयोग गर्दे आएका छन् ।

क्याटेगोरी : Breaking News, Entertainment, Nepal, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-