Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबुधबार विहानबाट युरोकपको सेमिफानल, इटाली र स्पेनको अग्निपरिक्षा

बुधबार विहानबाट युरोकपको सेमिफानल, इटाली र स्पेनको अग्निपरिक्षा


एजेन्सी । युरोकप फुटबलको पहिलो सेमिफाइनल अन्तर्गत आज (मंगलबार) राति इटाली र स्पेन प्रतिस्पर्धा गर्दैछन् । इंग्ल्यान्डको वेम्बली स्टेडियममा राति १२ः ४५ बजे इटाली र स्पेनबीचको खेल सुरु हुनेछ । इटाली र स्पेन फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

दुई ठुला टिमबीचको खेल रोमान्चक हुने आँकलन गरिएको छ । इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गर्दा तीन पटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेको थियो । इटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्सिसीले नै स्पेनविरुद्धको खेल कठिन हुने बताउनुले समेत यो खेल रोचक हुने ठानिएको छ । ‘स्पेन बेल्जियमभन्दा फरक भएपनि कठिन हुनेछ । अघिल्ला खेल जस्तो समान हुने छैन । स्पेन वर्षौंदेखि असाधारण टिम हो, उनीहरुसँग धेरै राम्रो प्रशिक्षक र खेलाडीहरु छन् ।’ प्रशिक्षक मान्सिनी भन्नुभयो । स्पेनिस प्रशिक्षक लुइस इन्रिके पनि इटालीविरुद्धको खेल सहज नहुने बताइरहेका छन् । ‘मलाई लाग्दैन की हामी दुबै टिम एक अर्कामा हाबी हुन्छौ । त्यसले खेल रोचक हुनेछ, इटाली वास्तविक बलियो टिम हो । उनीहरु धेरै पक्षमा बलिया छन् । यस खेल साच्चिकै चाखलाग्दो खेल हुनेछ ।’ इन्रिकेले भनेका छन् ।

इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ । १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ । पछिल्लो १४ खेलमा इटालीले स्पेनलाई मात्र दुई पटक हराएको छ । ७ खेल बराबरी खेल्दा ५ खेलमा इटाली पराजित भएको छ । युरोपियन च्याम्पियनसिपमा भने दुई टिमबीच सातौं पटक प्रतिस्पर्धा हुदैछ । इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल खेल बुधबार मध्यराती हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ