Friday, 26 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकोपा अमेरिकाको फाइनलमा ब्राजिल र अर्जेन्टिना, कस्ले मार्लान बाजी ?

कोपा अमेरिकाको फाइनलमा ब्राजिल र अर्जेन्टिना, कस्ले मार्लान बाजी ?


काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहानको सेमिफाइनलमा कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

खेलमा अग्रता अर्जेन्टिनाले सातौं मिनेटमा लौटारो मार्टिनेजको गोलबाट लिएको थियो । लियोनल मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले गोल गरेपनि ६१ औं मिनेटमा लुइस डियाजको गोलमार्फत कोलम्बिया खेलमा फर्किएको थियो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । जसमा अर्जेन्टिनाले ३–२ ले बाजी मार्यो । टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल पेरेडेसले गोल गरे । अर्जेन्टिनाका रोड्रिगो डी पाउलको गोल गर्नबाट चुके । यता, कोलम्बियाका जुआन काउड्राडो र मिगुएल बोरजाको प्रहारमात्र सफल रह्यो । डेभिन्सन साञ्चेज, यारी मिना र इडविन कार्डोनाको प्रयास असफल भयो ।

अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसंग प्रतिस्पर्धा गर्नेछ । सन् २०१६ पछि पहिलो पटक अर्जेन्टिना कोपा अमेरिकाको फाइनल पुगेको हो । अर्जेन्टिनाले सन् २००७ पछि पहिलो पटक ब्राजिलसंग फाइनल खेल्न लागेको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ