Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा डेल्टा भेरियन्टको प्रकोप, न्यूसाउथवेल्स राज्यको लकडाउन जुलाई १६ सम्म

अष्ट्रेलियामा डेल्टा भेरियन्टको प्रकोप, न्यूसाउथवेल्स राज्यको लकडाउन जुलाई १६ सम्म


अष्ट्रेलिया,ब्रिजबेन । कोरोना संक्रमणलाई मध्यनजर गर्दै गरिएको अस्ट्रेलियास्थित न्यूसाउथवेल्स राज्यको लकडाउन एक हप्ताथपेर जुलाई १६ सम्म लम्ब्याइएको छ । न्यूसाउथवेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले लकडाउनको अवधि थप गरिएको घोषणा गर्नुभएको हो ।

संक्रामक डेल्टा भेरिएन्टका कारणले लकडाउनको अवधिलाई बढाउनु परेको प्रिमियर बेरिजिक्लिनले जानकारी दिनुभएको छ । गत २४ घण्टामा २७ वटा नयाँ कोरोना सक्रमित थपिएको जानकारी गराउँदै उहाँले तीमध्ये जम्मा १३ जना आइसोलेसनमा रहेको बताउनुभएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिम रहेका क्षेत्रहरू फेयरफिल्ड, क्यान्टरबरी–बेङ्सटाउन, र लिभरपुलका वासिन्दालाई सचेत हुन आग्रह गरिएको छ । अत्यन्तै जरुरीबाहेक अन्य कामका लागि घरबाट बाहिर ननिस्कनका लागि आग्रह गरिएको छ ।

न्यूसाउथवेल्स राज्यमा गत २४ घण्टामा ४५ हजार कोरोना परीक्षण गरिएको थियो । गतजुन १६ तारिखमा एक लिमोजिन चालकलाई कोरोना पोजेटिभ भेटिएपछि हालसम्म न्यूसाउथवेल्स राज्यमा ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सिमावर्ती क्षेत्रमा गरिएको कडाई यथावत रहँदा अन्य राज्यहरुले भने प्रतिबन्धलाई खुकुलो बनाउँदै लगेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ