Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालट्युबको सक्षम उम्मेदवार छान्ने पहल, साझ ५ बजे मल्टि डाइनामिक इलेक्सन अपडेट

नेपालट्युबको सक्षम उम्मेदवार छान्ने पहल, साझ ५ बजे मल्टि डाइनामिक इलेक्सन अपडेट


ब्रिजबेन, अष्ट्रेलिया । एनआरएनए अष्ट्रेलियाको चुनाव आगामी जुलाई ३१ मा हुँदैछ । चुनावको मिति नजिकिएसँगै कस्तो नेतृत्व छान्ने भन्ने सरगर्मी सुरु भएको छ । कोरोना महामारिका कारण उम्मेदवार मतदातामाझ पुग्न नसक्ने अवस्था र चुनावी एजेण्डा बारेको पर्याप्त जानकारीको अभावलाई चिर्न नेपाल ट्युब अष्ट्रेलियाले आज साँझ ५ बजेबाट मल्टि डाइनामिक इलेक्सन अपडेटमार्फत बिशेष जानकारी गराउँदैछ ।

हामीले यसअघिका हरेक नेतृत्वलाई गाली गर्यौँ, कहिले आलोचना गर्यौँ त तालि बजायौँ । तर सक्षम नेतृत्व छनौटका लागि कहिल्यै चासो लिएनौँ, समिक्षा गरेनौँ । हाम्रो यो प्रयास उम्मेदवारका एजेण्डा र प्रतिबद्धता तपाईहरु आम मतदातामा पुर्याउनु रहेको छ । अनि उम्मेदवारलाई जिम्मेबार र जवाफदेही बनाउनु रहेको छ । आउनुहोस् आज ५ बजेबाट सुरु हुने इलेक्सन अपडेटमा विभिन्न प्रश्नसहित आफ्नो सहभागिता जनाउनुहोस् । हामी सोध्नेछौँ १६ हजार सदस्य कसरी पुग्यो ? सदस्यता प्रमाणिकरणमा किन ढिलाई ? जुलाइ ३१ मै चुनाव होला त ? चुनाव कुन माध्यमबाट हुन्छ रु अबको भावी नेतृत्व कस्तो हुनुपर्छ ? यी यावत प्रश्नको जवाफका लागि आज साँझ ५ बजे एनआरएनए अष्ट्रेलियाका अध्यक्ष कशव कँडेललाई लाईभमा निम्तो दिएका छौ ।

नेपाल ट्युबका अष्ट्रेलियाका अष्ट्रेलिया सम्पादक सरल गुरुले कोरोनाका कारण अष्ट्रेलियामा रहेका नेपालीहरुमाझ सबै उम्मेदवारहरुको उपस्थित हुन नसकेको अवस्था र उनीहरुका चुनावी घोषणा र प्रतिबद्धता मतदातामाझ पुर्याएर असल नेतृत्व छान्नका लागि मल्टि डाइनामिक इलेक्सन अपडेट आयोजना गरिएको जानकारी दिनुभयो ।

यस कार्यक्रमको मुख्य प्रायोजक मल्टी डाइनामिक रियल स्टेट, सहप्रायोजक सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र प्रयोजकमा नोभा एजुकेसन एण्ड भिजा सर्भिसेज ब्रिजबेन र नाइस होम लोन तथा मोर्गेस रहेका छन् । तपाईहरुको सहभागिता र खबरदारीले सक्षम नेतृत्व छान्न मद्धत पुग्ने अपेक्षा नेपाल ट्युबले राखेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ