Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमन्त्रालयको गाडीमै यौन क्रियाकलापमा संलग्न ३ जना पक्राउ

मन्त्रालयको गाडीमै यौन क्रियाकलापमा संलग्न ३ जना पक्राउ


काडमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला रहेको प्रहरीले जानकारी दिएको हो ।

प्रहरीका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु तीन जनालाई पक्राउ गरिएको थियो । प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट पक्राउ गरिएकाहरुको परिचय प्रहरीले खुलाएको छैन । गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेपछि नियन्त्रणमा लिइएको थियो ।

गाडी चालक मन्त्रालयकै कर्मचारी भएपनि बाँकी बारे प्रहरीले मुख खोलेको छैन । यो घटनाले सरकारी गाडीको ब्यापक दुरुपयोग हुने गरेको गुनासो र आशंकालाई सहित सावित गरिदिएकोे छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ