Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaयस्तो छ एनआरएनए अष्ट्रेलियाको निर्वाचन तालिका, चुनाव जुलाई ३१ मै

यस्तो छ एनआरएनए अष्ट्रेलियाको निर्वाचन तालिका, चुनाव जुलाई ३१ मै


ब्रिजवेन
गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन तालिका सार्वजनिक भएको छ । चुनावका लागि गठित राष्ट्रिय निर्वाचन आयोगले बिहिबार अबेर तालिका सार्वजनिक गरेको हो । आयोगको तालिका अनुसार जुलाई ३१ तारिख बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म (सिड्नी समय) भोट हाल्न पाइनेछ ।
३ हप्ताको समय राखेर सार्वजनिक गरिएको तालिका अनुसार जुलाई ८ तारिखमा एनआरएनए अष्ट्रेलियाले प्रमाणिकरण भइसकेका सदस्यहरुको विविरण प्रकाशन गर्ने भनिएको छ । तर, जुलाई ९ तारिख बिहानसम्म उक्त तालिका एनआरएनएको वेवसाइटमा उपलब्ध भने छैन ।

यस्तो छ तालिका

त्यस्तै सदस्यता सम्बन्धि विवाद उब्जिएमा जुलाई ९ देखि ११ तारिख मध्यरातसम्म उजुरी वा गुनासो गर्न पाइनेछ । विवादहरुको समाधानपछि १२ तारिखमा एनआरएनए अष्ट्रेलियाले सदस्य वा मतदाताहरुको अन्तिम सुचि सार्वजनिक गनुपर्ने निर्वाचन आयोगले तालिका बनाएको छ । त्यहि दिन मतदाताको सुचि आयोगलाई पनि बुझाउनुपर्ने छ ।
जुलाई १३ र १४ तारिख मध्यरातसम्म इच्छुक उमेद्वारका लागि आवेदन खुल्ला गरिने तालिकामा उल्लेख छ । १५ तारिखमा उमेद्वारहरुको सुचि प्रकाशन गरिनेछ भने त्यसमा केही विवाद आएमा दुइदिनभित्र समाधान खोज्नुपर्नेछ । त्यसपछि १८ तारिखमा उमेद्वारहरुको अन्तिम सुचि प्रकाशन गर्नुपर्ने तालिका छ ।
अन्तिम सुचि सार्वजनिक भएपछि पनि उमेद्वारहरुलाई आफ्नो उमेद्वारी फिर्ता लिन जुलाई १९ र २० तारिख दुइ दिनको समय छुट्याईको छ । त्यसपछि जुलाई २१ मा उमेद्वारको अन्तिम सुचि सार्वजनिक गरिनेछ ।
जुलाई २५ आइतबार दिउसो २ बजे निर्वाचन सम्बन्धि विषयमा समुदायसंग छलफल गरिनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ