Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजापानी पार्सपोर्ट सर्वाधिक बलिया, नेपालको किन विश्वकै खराब ?

जापानी पार्सपोर्ट सर्वाधिक बलिया, नेपालको किन विश्वकै खराब ?


काठमाडौं । जापानी पासपोर्ट विश्वकै सर्वाधिक बलियो पासपोर्ट घोषित भएको छ । पासपोर्टको अध्ययन गर्ने एजेन्सी  हेन्ले पासपोर्ट इन्डेक्स २०२१ को सूचीमा जापान पहिलो स्थानमा पर्दा नेपाली पासपोर्ट विश्वकै खराबको श्रेणीमा परेको हो ।

नेपाली पासपोर्ट १०९ स्थानमा छ । उत्तर कोरिया नेपालभन्दा एक स्थानले अगाडि छ । संसारका द्धन्द्धग्रस्त मुलुकसँगै नेपाली पासपोर्ट सूचीकृत गरिएको छ । नेपाली पासपोर्टले ३८ वटा मुलुकमा पहुँच पाउने समेत इन्डेक्सले उल्लेख गरेको छ । सूचीको सबैभन्दा पुछारमा ११६ नम्बरसहित सार्क मुलुक अफगानिस्तान परेको छ।

यस्तो छ सूची

विश्वकै बलियो पासपोर्ट (क्रमानुसार)
१) जापान (१९३ गन्तव्य)
२) सिंगापुर (१९२ गन्तव्य)
३) जर्मनी, दक्षिण कोरिया (१९१ गन्तव्य)
४) फिनल्यान्ड, इटाली, लक्जेम्बर्ग, स्पेन (१९० गन्तव्य)
५) अष्ट्रिया, डेनमार्क (१८९ गन्तव्य)
६) फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड, पोर्चुगल, स्वीडेन (१८८ गन्तव्य)
७) बेल्जियम, न्यूजिल्यान्ड, स्वीटजरल्यान्ड, बेलायत, अमेरिका (१८७ गन्तव्य)
८) चेक रिपब्लिक, ग्रीस, माल्टा, नर्वे (१८६ गन्तव्य)
९) अष्ट्रेलिया, क्यानडा (१८५ गन्तव्य)
१०) हंगेरी (१८४ गन्तव्य)

विश्वकै दस खराब पासपोर्ट (क्रमानुसार)
१०८) उत्तर कोरिया (३९ गन्तव्य)
१०९) नेपाल (३८ गन्तव्य)
११०) प्यालेस्टाइनी टेरिटोरिज (३७ गन्तव्य)
१११) सोमालिया (३४ गन्तव्य)
११२) यमन (३३ गन्तव्य)
११३) पाकिस्तान (३२ गन्तव्य)
११४) सिरिया (२९ गन्तव्य)
११५) इराक (२८ गन्तव्य)
११६) अफगानिस्तान (२६ गन्तब्य)



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ