Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनारी निकुञ्ज अष्ट्रेलियाको अध्यक्षमा मन्जु र मोनीको दाबी । मोफसललाई मौका दिन जोड

नारी निकुञ्ज अष्ट्रेलियाको अध्यक्षमा मन्जु र मोनीको दाबी । मोफसललाई मौका दिन जोड


ब्रिजवेन
नारी निकुञ्ज अष्ट्रेलियाको अध्यक्ष कसरी छान्ने भन्ने अन्यौल सृजना भएको छ । यसअघि सहमतिका आधारमा पदाधिकारी चयन गर्ने परिपाटी रहेपनि यसपालि अध्यक्ष पदका लागि अझै सहमति जुट्न सकेको छैन । अध्यक्ष पदका लागि सिड्नीबाट मोनि लिम्बु र एडिलेडबाट मञ्जु खड्काले दाबी गर्नुभएको छ । लिम्बु हाल नारी निकुञ्जको एनएसडब्लु महिला फोरमको संयोजक हुनुहुन्छ भने खड्का चाहि साउथ अष्ट्रेलियाको महिला संयोजकमा कार्यरत हुनुहुन्छ । निकुञ्जको संस्थापक अध्यक्ष रञ्जु वाग्लेले दुबै जना क्षमतावान् र योग्य उमेद्वार भएकाले भरसक सहमतिकै आधारमा नेतृत्व चयन गर्न पहल गरिने बताउनुभयो । यद्यपी निकुञ्जको बैठकमा यसपाली केन्द्र (सिड्नी) लाई भन्दा मोफसल(अन्य स्टेट) लाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड देखिएको वाग्लेको भनाई छ ।
तर, पटक पटकको छलफलबाट पनि कुनै निर्णय निस्कन सकेको छैन । निकुञ्जको अधिकांश पदाधिकारीले मन्जुलाई नै अबको नेतृत्व दिनुपर्नेमा मत राखेको बुझिएको छ । उता मन्जुले हालै साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक तथा जातजाति आयोगको सदस्यमा नियुक्ती लिएकाले नारी निकुञ्जमा समय दिन नसक्ने हो कि भन्ने पनि बहस हुन थालेको छ । तर, नेपालट्युबसंग कुरा गर्दै मन्जुले यहा“को सरकारसंग नजिक रहेर काम गरिरहेकाले नारी निकुञ्जलाई थप सशक्त बनाउन आफुले धेरै काम गर्न सक्ने बताउनुभयो । ‘मैले समय दिन नसक्ने भन्ने कुरै आउदैन, म सधै समाजसेवामा लागेको मान्छे हु, आयोगमा केही समय दिएर बाकी समय म नारी निकुञ्जलाई दिनेछु’- मन्जुले भन्नुभयो । सकभर सहमतिमै यसपालीलाई मोफसललाई नेतृत्व हस्तान्तरण गर्न मन्जुले सबैलाई अनुरोध गर्नुभयो । यदि अर्को पक्षले चुनावमा जाने निर्णय गरे आफु पनि पछि नहट्ने मन्जुको भनाई छ ।
यस विषयमा नेपालट्युबले सम्पर्क गर्दा मोनीले प्रतिक्रिया दिन मान्नु भएन ।  सिड्नीको समय अनुसार आइतबार बिहान साढे ७ बजे भएको संक्षिप्त टेलिफोन कुराकानीमा मोनीले भन्नुभयो -‘नारी निकुञ्जको कुरा गर्न टु अर्लि भएन र ?’ कति बजे सम्पर्क गरौ त भन्ने प्रश्नमा मोनी भन्नुहुन्छ- ‘आज आइतबार पनि हो अरु कुनै दिन कुरा गरौला ।’
गैर आवासिय नेपाली संघको महिला फोरमको रुपमा सक्रिय नारी निकुञ्जले स्वदेश र विदेशमा बस्ने नेपाली महिलाहरुको हकहित, स्वास्थ्य र सामाजिक जीवनमा सहयोग गर्ने काम गर्दै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ