Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअध्यक्षमा नन्द गुरुङ र ज्ञानेन्द्र रेग्मी भिड्ने,देव गुरुङले छाडे मोर्चा

अध्यक्षमा नन्द गुरुङ र ज्ञानेन्द्र रेग्मी भिड्ने,देव गुरुङले छाडे मोर्चा


व्रिजवेन । गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको अध्यक्ष पदका लागि ३ जनाको चर्चा र दाबी चल्दै आएपनि अन्ततः नन्द गुरुङ र ज्ञानेन्द्र रेग्मीबिच मात्रै प्रतिष्प्रधा हुने तय भएको छ । अध्यक्षका प्रत्यासी उमेद्वार देव गुरुङले आइतबार राति मोर्चा छोडेपछि रेग्मी र नन्द गुरुङ अध्यक्षका लागि भिड्ने पक्का भएको हो ।

आइतबार राति रेग्मी र देव गुरुङसहित वामपन्थी राजनीतिक दलका प्रतिनिधीबिच लामो छलफल भएको थियो । नेपाली कांग्रेसभित्रका रेग्मी समर्थक, नेकपा एमाले केपी वली समुह, माधव कुमार नेपाल समुह, नेकपा माओवादी, जनता समाजवादी पार्टीका अष्ट्रेलिया प्रतिनिधी संलग्न बैठकले अध्यक्षमा ज्ञानेन्द्र रेग्मीलाई उठाउने निर्णय गरेको हो । बैठकमा जनसम्पर्क समिति अष्ट्रेलियाका गणेश केसी, प्रेम सापकोटा, निरज श्रेष्ठ र रोहीत खड्का सहभागी हुनुहुन्थ्यो । त्यस्तै बठैकमा राजन ढुंगेल, होम पाण्डे, बालचन्द्र भट्टराई, पुर्णनाथ घिमिरे,  बम योञ्जन, ध्रुब सुवेदी, हरिलाल लामिछाने, केशव जोशी, लगायत सहभागी हुनुहुन्थ्यो । नेपाली कांग्रेसकै प्रजातान्त्रिक विचारधार बोक्ने रेग्मीलाई वामपन्थी समुहले समर्थन गर्नुमा दुबै पक्षको चुनावी रणनीति देखिन्छ ।

नेपालट्युबसंग कुरा गर्दै रेग्मीले आफुलाई राजनीतिक दलभन्दा पनि एनआरएनएका अभियन्ताहरुको ठुलो जमातले सहयोग गरेको बताउनुभयो । ‘महासचिव भएर सत्यको पक्षमा लागेर काम गरेकाले अध्यक्षका लागि मलाई धेरै पक्षका मानिसले सहयोग गर्नुभएको हो’- रेग्मीले भन्नुभयो -‘देव दाईले ठुलो छाति बनाएर मलाई सहयोग गर्नु भएको छ ।’ त्यस्तै केन्द्रिय महासचिवमा रेग्मीको समुहबाट अच्युत थपलियालाई उठाउने निर्णय भएको छ । यसअघि वामपन्थीको उमेद्वार भनिएका देव गुरुङलाई न्यु साउथ वेल्स राज्यको संयोजकमै पुन उमेद्वारी दिन लगाउने निर्णय भएको छ । सहमतिका आधारमा आफु राज्य संयोजकमा बसेर रेग्मीलाई अध्यक्षमा सहयोग गर्ने निर्णय भएको देव गुरुङले नेपालट्युबलाई बताउनुभयो । गुरुङ हाल न्यु साउथ वेल्सको संयोजक हुनुहुन्छ ।

रेग्मीको समुहबाट न्यु साउथ वेल्सको संयोजकमा उमेद्वारी घोषणा गर्नुभएका महेश प्रसाईलाई भने केन्द्रिय युवा संयोजकमा अघि बढाउने छलफल भएको छ । प्रसाईले देव गुरुङ संयोजकमा पुन उठ्ने भए आफुले सहयोग गर्ने बताउनुभयो । नेपाली कांग्रेसको जनसम्पर्क समिति अष्ट्रेलियाको आधिकारिक भन्दै केही दिन अघि नन्द गुरुङको समुहले उमेद्वारी घोषणा गरेको थियो । जनसम्पर्क समिति अष्ट्रेलिया कृष्ण गिरी पक्षले पनि रेग्मीलाई समितिको तर्फबाट आधिकारिक उमेद्वार भएको दाबी गर्दै आएको छ । जुम घोषणा सभामा नेपाली कांग्रेसका नेताहरु एनपी सावद, गगन थापा, धनराज गुरुङ्ग, सरोज थापा समेत जोडिएका थिए । एनआरएनए अष्ट्रेलियाले जुलाई ३१ मा अनलाईनमाध्यमबाट चुनाव गर्ने तय गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ