Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकुईन्सल्याण्डमा प्रजातान्त्रिक समुहको उमेद्वारी घोषणा

कुईन्सल्याण्डमा प्रजातान्त्रिक समुहको उमेद्वारी घोषणा


ब्रिजवेन
गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको २०२१/२३ को कार्यकालका लागि प्रजातान्त्रिक समुहले कुईन्सल्याण्डमा उमेद्वारी घोषणा गरेको छ ।
सोमबार साँझ एक रेष्टुरेन्टमा कार्यक्रम गरि बिनोदभक्त आचार्यको नेतृत्वमा १० सदस्यीय समुहको घोषणा भएको हो । कुईन्सल्याण्ड राज्य समितिको उपाध्यक्षमा शम्भु घैंसे, सचिवमा अतुल खड्का, कोषाध्यक्षमा सन्तोष पोडेलको उमेद्वारी घोषणा भएको हो । त्यस्तै महिला संयोजकमा लक्ष्मी तामाङ, महिला उपसंयोजकमा पल्लभी सापकोटा र युवा संयोजकमा मन्दिप केसी र युवा उपसंयोजकमा अनिल खत्रीको पनि उमेद्वारी घोषणा भएको हो । सदस्यहरुमा सुरज लामिछान र प्रकाश पाण्डेको पनि उमेद्वारी घोषणा भएको हो ।
कार्यक्रममा कुईन्सल्याण्डबाट केन्द्रिय सहकोषाध्यक्ष राज नगरकोटी र सदस्य सनिता श्रेष्ठले पनि उमेद्वारी घोषणा गर्नुभएको छ ।

जनसम्पर्क समिति कुईन्सल्याण्डले आयोजना गरेको कार्यक्रममा उमेद्वारहरुले भावि कार्यकालका लागि आ-आफ्नो प्रतिवद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा जनसम्पर्क समिति कुईन्सल्याण्डका संस्थापक अध्यक्ष अभिमन्यु केसी र कार्यवहाक अध्यक्ष हरि डिसीको उपस्थिती थियो । उमेद्वारहरुलाई शुभकामना दिदै संचारकर्मी डा भरत पौडेलले एनआरएनएमा हल्ला भन्दा काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो । आजिवन सदस्यताको शुल्क निकै कम भएकाले तत्कालै शुल्क नढाए, भविष्यमा एनआरएनएले गम्भिर आर्थिक सकंट भोग्नुपर्न पौडेलको भनाई छ । कार्यक्रममा जुम मिटिङ मार्फत केन्द्रिय अध्यक्षका उमेद्वार नन्द गुरुङले भेलालाई सम्बोधन गर्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ