Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए अष्ट्रेलियाको सदस्य कति पुग्यो ? हेर्नुस राज्य राज्यको तथ्याकं

एनआरएनए अष्ट्रेलियाको सदस्य कति पुग्यो ? हेर्नुस राज्य राज्यको तथ्याकं


ब्रिजवेन

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको सदस्यहरुको अन्तिम सुचि तयार भएको छ । निर्वाचन तालिका अनुसार जुलाई १३ मंगलबार साझ ५ बजेसम्म एनआरएनए अष्ट्रेलिया केन्द्रिय समिति एनसिसिले अन्तिम सुचि तयार पारेको हो । एनसिसि अध्यक्ष केशव कँडेलले मंगलबार ५ बजेभित्र प्रमाणित गरिसकेका सदस्यहरुको नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गरेको बताउनुभयो । एनआरएनएको सिस्टम वेव पोर्टलमा सार्वजनिक भएको तथ्यांक अनुसार १५ हजार २ सय ८९ जनाको सदस्यता स्विकृत भएको छ । यी सदस्यले आगामी जुलाई ३१ तारिखमा मतदान गर्न पाउनेछन् । २ सय ४५ जना विद्यार्थीले एनआरएनए अष्ट्रेलियाको एशोसियटस् सदस्यता प्राप्त गरेका छन् । एशोसियटस सदस्यले भने मतदान गर्न पाउदैनन् ।

Source- NRNA Australia

आवेदन दिएका मध्ये विभिन्न कारणले ८ सय ४९ जनाको सदस्यता स्विकृत हुन नसकेको एनआरएनएले जनाएको छ । त्यस्तै ३ सय ८५ जनाको सदस्यता अझै पेन्डिङ छ भने २ सय १३ जनाको प्रमाणिकरण भएको छैन । कँडेलका अनुसार कागजपत्र स्पष्ट नभएको, नाम तथा ठेगाना अस्पष्ट भएको व्यक्तिको आवेदनलाई पेडिङमा राखिएको छ । भने कागजपत्र नपुगेको आवेदन प्रमाणकरण नभएको भनि विवरणमा उल्लेख छ । त्यस्तै २ सय ५० जनाको आवेदनमा शुल्कसम्बन्धी समस्या देखिएकाले तत्काललाई सदस्यता स्थगित गरिएको अध्यक्ष कडेलले जानकारी दिनुभयो । विवरण अनुसार १ जनाको मात्रै आवेदन अस्विकृत भएको छ ।

कुन राज्यमा कति ?

एनआरएनए अष्ट्रेलियाको सिस्टम वेव पोर्टलका अनुसार सबैभन्दा बढी न्यु साउथ वेल्समा ५ हजार ४९ जनाले सदस्यता लिएका छन् । त्यसपछि दोस्रो धेरै सदस्यता लिने राज्य बन्न सफल भएको छ भिक्टोरिया । त्यहा २ हजार ३२ जनाले सदस्यता लिएका छन् । १८ सय ४५ सदस्यसहित साउथ अष्ट्रेलिया तेस्रो राज्य बनेको छ भने चौथोमा १३ सय ३० सदस्यसहित कुइन्सल्याण्ड छ ।

Source -NRNA Australia

राजधानी क्यानवेरा १२७५ सदस्य सहित पाचौं ठुलो राज्य बन्दै गर्दा तास्मानियाले १२ सय ५६ सदस्यसहित छैटो स्थान सुरक्षित गरेको छ । सातौ१ ह्जार ५९ सदस्यसहित नर्दन टेरिटोरी राज्य परेको छ भने सबैभन्दा कम ७ सय ४३ सदस्य सहित वेष्टर्न अष्ट्रेलिया आठौ नम्बरमा परेको छ ।

Source -NRNA Australia



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ