Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीको नेपाली महावाणिज्यदूतावासको फोन ह्याक । पैसा माग्न थाले ह्याकरले

सिड्नीको नेपाली महावाणिज्यदूतावासको फोन ह्याक । पैसा माग्न थाले ह्याकरले


ब्रिजवेन
अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यस्थित सिड्नीमा रहेको नेपाली महावाणिज्यदुतावासको टेलिफोन ह्याक भएको छ । आज दिउसो महावाणिज्यदूत दिपक खड्काले नेपालट्युबलाई ह्याकबारे जानकारी दिनुभएको हो । स्क्यामरले महावाणिज्यदुतावासको नम्बरबाट फोन गरेर केही नेपालीसंग बैंकको विवरण र पैसा माग्न थालेको भन्ने गुनासो आएपछि ह्याकबारे थाहा भएको खड्काले जानकारी दिनुभयो । कम्तिमा दुइ जना नेपालीले आफुलाई महावाणिज्यदूतावासबाट भन्दै फोन गरेर बैंकको विवरण र व्यक्तिगत विवरण मागेको गुनासो आएको हो । नेपालट्युबको टिकटकमा यो खबर सार्वजनिक भएपछि केही व्यक्तिले आफुलाई पनि यस्तै कल आएको कमेन्टमा लेख्नुभएको छ । महावाणिज्यदुत खड्काले फेसबुकमा सुचना जारी गर्दै महावाणिज्यदुतावासबाट व्यक्रिगत विवरण माग्नका लागि फोन नगर्ने स्पष्ट पार्नुभएको छ । त्यस्तो शंका लाग्न फोन आएमा तत्काल फोन काटी महावाणिज्यदूतावासमा सम्पर्क गर्न पनि भनिएको छ ।
दुइ वर्ष अघि पनि फोन ह्याक गरेर केही नेपालीसंग पैसा ठग्न लागेको गुनासो आएको थियो । त्यसपछि महावाणिज्यदुतावासले प्रहरीलाई उजुरी गरेको थियो । यसपाली पनि प्रहरीमा उजुरी गरिने महावाणिज्यदुत खड्काले बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ