Friday, 26 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsभारतद्वारा इन्धन मुल्य सहजीकरण गर्न ओपेकसँग आग्रह

भारतद्वारा इन्धन मुल्य सहजीकरण गर्न ओपेकसँग आग्रह


एजेन्सी,नयाँ दिल्ली । भारतले इन्धन निर्यात संगठन ओपेक लाई सहज मुल्यमा इन्धन आपुर्ति गर्न माग गरेको छ । ओपेक माहासचिव महम्मद सनुसि बर्किन्दोसँगको बैठकमा भारतीय इन्धन मन्त्री धरमेन्द्र प्रधानले कच्चा इन्धनको मुल्यवृद्धिले ग्राहक र अर्थतन्त्रमा असर पार्ने भन्दै मुल्य सहजीकरण गर्न आग्रह गरेका हुन् ।

इन्धन मन्त्री प्रधानले कच्चा इन्धन को मुल्य वृद्धिले ग्राहक तथा कोरोना माहामारीले असर पारेको अर्थतन्त्रमा थप धक्का पुग्ने भन्दै मुल्य सस्तो बनाउन ओपेक माहासचिव बर्किन्दोलाई आग्रह गरेका छन् । विश्वकै तेस्रो ठुलो इन्धन आयातकर्ता भारतले ठुलो हिस्सामा ओपेक सदस्य राष्ट्रहरुबाट इन्धन आयात गर्ने गरेको छ । मुख्यगरि खाडी तथा मध्यपूर्वी मुलुकहरु सदस्य राष्ट्र रहेको इन्धन निर्यात संगठन ओपेकले विश्वमा ४० प्रतिशत इन्धन उत्पादन गर्दै आएको छ । स्रोत : द इकोनोमिक टाईम्स



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ