Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकुइन्सल्याण्डमा समावेशी समुहको उमेद्वारी । संयोजकमा आशिष, केही पदमा निर्विरोध

कुइन्सल्याण्डमा समावेशी समुहको उमेद्वारी । संयोजकमा आशिष, केही पदमा निर्विरोध


ब्रिजवेन
गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको आसन्न निर्वाचनका लागि कुइन्सल्याण्ड राज्यमा समावेशी समुहले पनि अन्तिम समयमा उमेद्वारी दर्ता गराएका छन् ।
सकेसम्म कुन्सल्याण्डमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गर्दा उमेद्वारीमा ढिलाई भएको समावेशी समुहका अभियन्ता तथा कुइन्सल्याण्ड राज्य समितिका पुर्व सचिव अशिम कोइरालाले जानकारी दिनुभयो । ‘हामी अन्तिम समयसम्म पनि सम्मानजनक सहमति गरेर अघि बढ्ने सोचमा थियौं’- कोइरालाले भन्नुभयो -‘तर, अर्को पक्षबाट चित्त बुझ्दो कुरा नआएपछि चुनावमै जान बाध्य भयौं ।’

सनसाईनकोष्ट निवासी आशिष न्यौपानेको नेतृत्वमा ८ सदस्यीय उमेद्वार समुह घोषणा भएको हो । राज्यको सहसंयोजक पदमा सन्देश श्रेष्ठ, सचिवमा अरुण तिवारी र सहसचिवमा दिपक क्षेत्रीले उमेद्वारी दिनुभएको हो । त्यस्तै कोषाध्यक्षमा विकासमान सिंह भण्डारीले उमेद्वारी दिएको घोषणा गरिएपनि निर्वाचन आयोगले सार्वजनिक गरेको उमेद्वार पहिलो सुचीमा नाम भने उल्लेख छैन ।
त्यस्तै सदस्य पदका लागि निराजन लुइटेल, मधुसुदन देवकोटा र प्रेम प्रकाश साहीले उमेद्वारी दिनुभएको छ ।
सनसाइनकोष्टमा बस्दै आउनु भएका आशिषले फेसबुकमा एक सन्देश लेख्दै आफ्नो उमेद्वारी घोषणा गर्नुभएको हो । सन्देशमा आशिषले आफ विगत ८ वर्षदेखि अष्ट्रेलियाको नेपाली समाजको सेवामा निरन्तर लागिरहेको उल्लेख गर्नुभएको छ । एनआरएनएको अभियानमा लाग्दा आफुले कहिल्यै पनि व्यक्तिगत स्वार्थ नहेरेको भन्दै संस्थामा हजारौं युवाहरुलाई सक्रिय सहभागी गराउन आफुले संस्थागत रुपमै उमेद्वारी दिएको आशिषले लेख्नुभएको छ । आशिषले यसअघिको कार्यसमितिमा कुइन्सल्याण्ड राज्य समितिको सदस्यमा उमेद्वारी दिनुभएको थियो ।

समावेशी समुहले युवा संयोजक, युवा सहसंयोजक, महिला संयोजक, महिला उपसंयोजकमा उमेद्वारी नदिएपछि यी पदमा प्रजातान्त्रिक समुहका उमेद्वार निर्विरोध चयन हुने भएको छ ।
त्यस्तै समावेशीतर्फबाट राष्ट्रिय समन्वय परिषद एनसिसिमा रमेश प्रसाद पाण्डेले उमेद्वारी दिनुभएको छ । यहि समुहबाट अन्तराष्ट्रिय समन्वय परिषद आइसिसि सदस्यका लागि चिनबहादुर नेपालीले उमेद्वारी दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ