Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनर्दन टेरिटोरीमा विष्णु र आशिष भिड्दै, जहाँ छैन हरियो र रातो टिम

नर्दन टेरिटोरीमा विष्णु र आशिष भिड्दै, जहाँ छैन हरियो र रातो टिम



ब्रिजवेन
गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको आसन्न निर्वाचनमा नर्दन टेरिटोरी राज्यमा विष्णु चापागाई र आशिष भुसालको समुहबिच प्रतिष्प्रधा हुने भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको सुचि अनुसार नर्दन टेरिटोरी राज्यमा चापागाई संयोजक रहेको समुहको उपसंयोजकमा सञ्जिव गोर्खाली ढकाल, सचिवमा शिवराम पौेडेल, सहसचिवमा आकाश बिसीले उमेद्वारी दिनुभएको छ । त्यस्तै कोषाध्यक्षमा विजय शर्माले, युवा संयोजकमा नवराज सापकोटा र नारी निकुञ्ज संयोजकमा आशिका उप्रेतीले उमेद्वारी दिनुभएको छ । त्यस्तै राष्ट्रय समन्वय परिषद एनसिसिमा महेश्वर देवकोटा र दिनेश परियारको पनि उमेद्वारी परेको छ । यो समुहबाट अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा परेशराज घिमिरेले उमेद्वारी हाल्नु भएको छ ।
आशिषको समुहबाट उपसंयोजकमा भवानी पौडेल, सचिवमा रबिन कुमार भुसाल, सहसचिवमा श्रद्धा घिमिरेले उमेद्वारी दिनुभएको हो । त्यस्तै कोषाध्यक्षमा आशिषराज जमरकट्टेल, युवा संयोजकमा सृजन कार्की र नारी निकुञ्जमा सृजना केसीले उमेद्वारी दिनुभएको हो । त्यस्तै राष्ट्रिय समन्वय परिषद एनसिसि सदस्यमा नम्रता शर्मा र भाजुमान तामाङले उमेद्वारी दिनुभएको छ ।
दुबै समुहले आफुलाई कुनै पनि दलको प्यानल नभई समाजका लागि काम गर्न चाहाने स्वतन्त्र युवाहरुको समुह दाबी गरेका छन् । यो राज्यका उमेद्वारले अन्यत्र जस्तो साझा हरियो र सामावेशी रातो व्यानरमा प्रचार सामाग्री बनाएका छैनन् । नर्दन टेरिटोरी राज्यमा यसपाली १ हजार ५९ जनाले एनआरएनएको सदस्यता लिएका छन् । यो संख्या अष्ट्रेलियाको एनआरएनए सदस्यहरु मध्ये ७ प्रतिशत हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ