Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरियामा टिम नै निर्विरोध

भिक्टोरियामा टिम नै निर्विरोध


ब्रिजवेन, गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको आसन्न निर्वाचनका लागि भिक्टोरिया राज्य समितिमा सबै पद निर्विरोध हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उमेद्वारी सुची अनुसार मुख्य पदहरु सबैमा एक एक जनाको मात्रै उमेद्वारी परेपछि निर्विरोध हुने देखिएको हो ।
राज्य संयोजकमा हरि खड्का, उपसंयोजकमा नारायण कटुवाल, सचिवमा गणेश प्रसाद कँडेल र सहसचिवमा दिपक अधिकारीको मात्रै उमेद्वारी परेको छ । त्यस्तै कोषाध्यक्षमा हेमराज पौडेल, युवा संयोजकमा मनिष लामिछाने, सहयुवा संयोजकमा ससेन्द्र गौतम केसी र नारी निकुञ्ज संयोजकमा पारु सापकोटा र उपसंयोजकमा राशी सिंहको मात्रै उमेद्वारी परेको हो । त्यस्तै राज्य सदस्यहरुमा चिरञ्जिवी पोखरेल, बबी लामा, जीवन आचार्य, प्रिती थापा, गणेश भण्डारी, विजय दाहाल, समन्यु थापा र कृष्ण बहादुर महारा क्षेत्रीको उमेद्वारी परेको छ ।
भिक्टोरिया राज्यमा साझा एनआरएन नारा अघि सार्दै चुनावमा होमिएका प्रजातान्त्रिक समुहको टिम निर्विरोध भएको हो । समावेशी समुहको सहमति र सहकार्यमै निर्विरोध हुन सफल भएको संयोजकका उमेद्वार हरि खड्काले जानकारी दिनुभयो । ‘हाम्रो टिमलाई सबै भिक्टोरियाका सबै नेपालीको माया, स्नेह र साथ भएकाले यो संभव भएको हो’- खड्काले भन्नुभयो ‘यस्तो मायाले हाम्रो टिमलाई केही गर्ने ठुलो शक्ति दिएको छ ।’
सबै तह तप्का र विचारधाराका नेपालीसंग सरसल्लाह र हातेमालो गर्दै विश्वासका आधारमा काम गर्ने खड्काले बाचा गर्नुभयो ।
त्यस्तै राष्ट्रिय समन्वय परिषद एनसिसि सदस्य पनि निर्विरोध चयन हुने भएको छ । एनसिसि सदस्यमा महेन्द्रशाली घिमिरे, विश्व गौडेल र माधव धानुकको उमेद्वारी परेको हो ।  भिक्टोरिया राज्यमा यसपाली २ हजार ३२ जनाले एनआरएनएको सदस्यता लिएका छन् । कुल संख्याको १३ प्रतिशत सदस्य रहेको भिक्टोरिया राज्य सबैभन्दा धेरै सदस्य हुने राज्यहरुमा दोस्रो स्थानमा पर्न सफल भएको छ । दोस्रो ठुलो राज्यमा सहमतिबाटैनेतृत्व छानिएपछि अन्य राज्यहरुमा समेत सहमतिबाट कार्यसमिति छान्न दवाव परेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ