Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaवेष्ट्रर्न अष्ट्रेलियामा साझा र समावेशीको संयुक्त टिम । सबैलाई दिए यस्तो सन्देश

वेष्ट्रर्न अष्ट्रेलियामा साझा र समावेशीको संयुक्त टिम । सबैलाई दिए यस्तो सन्देश


ब्रिजवेन
गैर आवासिय नेपाली संघको चुनावले सिंगै अष्ट्रेलिया तातिरहेको छ । कोरोना कहरकै बिच उमेद्वारहरु भच्र्युअल माध्यमबाट मत आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् । केन्द्रदेखि धेरै राज्यहरुमा विभिन्न पदमा चुनाव हुने भएको छ । खासगरी प्रजातान्त्रिक र वामपन्थी विचारधारा बोक्नेहरु समुह नै बनाएर चुनावमा होमिएका छन् ।  नेपाली राजनीतिक दलकै भातृ संगठन जसरी चुनाव लड्न लागेपछि त्यस्ता समुह र उमेद्वारहरुको आलोचना पनि भईरहेको छ । चुनावको माहौल तातिरहेका बेला वेष्टर्न अष्ट्रेलियाका नेपालीले भने सहमति र सहकार्यको सन्देश दिएको छ ।
एनआरएनएको राज्य समितिमा प्रजातान्त्रिक र वामपन्थी मिलेर संयुक्त टिम बनाएका छन् । जसले चुनाव नै नगरी सहमतिका आधारमा अबको नेतृत्व छान्ने तय भएको छ ।
राज्य संयोजकमा साझातर्फका दिपक बस्नेतको उमेद्वारी पर्दा, उपसंयोजक, कोषाध्यक्ष, युवा संयोजक र महिला उपसंयोजक पद समावेशीतर्फका उमेद्वारलाई छुट्याइएको छ । उप संयोजकमा सुनिल श्रेष्ठ, कोषाध्यक्षमा महेश लामा, युवा संयोजकमा बनु लिम्बु र महिला उपसंयोजकमा योञ्जना पन्त अधिकारीको उमेद्वारी परेको हो ।
त्यस्तै साझाको भागमा परेको सचिव पदमा प्रमेश केसी, सहसचिवमा गोपाल शर्मा, युवा उपसंयोजकमा सरोज कार्की, र महिला संयोजकमा रत्ना गौतमको उमेद्वारी परेको छ । एसिसि सदस्यहरुको चारवटा पद र युवा सदस्यहरुको ५ पदमा सबै साझाका उमेद्वारहरु मात्रै छन् । राष्ट्रिय समन्वय परिषद एनसिसिमा पनि साझाका तर्फबाट मनोज खरेलको मात्रै उमेद्वारी परेको छ ।
यस हिसाबले वष्ट्र्रन अष्ट्रेलियामा आगामी कार्यसमिति निर्विरोध हुने देखिएको छ । नेपालट्युबसंग कुरा गर्दै संयोजकका उमेद्वार दिपक बस्नेतले सबै विचारधारका मानिसहरु मिलेर काम गर्दा राम्रो हुने भएकाले सहमतिका आधारमा कार्यसमिति बाडफाड गरिएको बताउनुभयो । हामीले आफ्नो मन फराकिलो पारेर साथीहरुसंग पद बाडफाड गर्ने निधो गरेका हौ बस्नेतले भन्नुभयो चुनाव गरेर तनाव लिनुभन्दा मिलेर जादा सबैको जीत हुने रहेछ । यसअघि चुनावबाट नेतृत्व छान्ने क्रम भंग गर्दै यसपालीले वेष्ट्र्रन अष्ट्रेलियाका नेपालीले अन्य राज्यका नेपालीलाई पनि मिलेर अघि बढ्न सन्देश दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ