Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल सरकारले माग्यो उत्पादक देशसँग अनुदान वा खरिदमार्फत कोरोना खोप

नेपाल सरकारले माग्यो उत्पादक देशसँग अनुदान वा खरिदमार्फत कोरोना खोप


काठमाडौं । देउवा सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन उत्पादक देशलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिने निर्णयसहित उत्पादक देशसँग अनुदान वा खरिदमार्फत खोप माग गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्र राष्ट्रहरुलाई आह्वान गरिएको जानकारी दिनुभयो । नेेेपालमा भारतमा उत्पादित कोभिशिल्ड, चीनमा उत्पादित भेरोसेल र अमेरिकामा बनेको जोन्सन एण्ड जोन्सनको खोप लगाइएको छ । भारतले ११ लाख डोज खोप अनुदानमा दिएको थियो भने नेपालले २० लाख डोज खरिद गरेकोमा १० लाख डोज आउन बाँकी छ । चीनले १८ लाख डोज भेरोसेल खोप अनुदान दिएको छ भने नेपालले ४० लाख डोज खरिद गरेर चरणवद्द रुपमा ल्याएको छ ।

हालै अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत दिएको जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो । अहिले लगाउन नै थालिएको छ । यस्तै, जापानले समेत १६ लाख डोज खोप दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ