Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकालिकोटको रास्कोट अस्पतालमा महावीर पुनले जडान गरिदिए अक्सिजन प्लान्ट

कालिकोटको रास्कोट अस्पतालमा महावीर पुनले जडान गरिदिए अक्सिजन प्लान्ट


काठमाडौं,कालीकोट । कालिकोटको रास्कोट नगरपालिकामा सञ्चालित रास्कोट अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीलाई उपचार सहज होस् भनेर राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क मिनि अक्सिजन प्लान्ट जडान गरेको हो ।

विकट तथा हिमाली जिल्लाका नागरिकलाई कोभिड–१९ को महामारीबाट बचाउन आविष्कार केन्द्रले स्वास्थ्य सामग्री निर्माण गरी निःशुल्क वितरण गर्दै आएको केन्द्रका रितेश देवले जानकारी दिनुभयो । “हामीले देशका विभिन्न भागमा स्वास्थ्य सामग्री वितरण गर्दै आएका छौँ, अभियानका क्रममा कर्णाली प्रदेशको रास्कोट नगरपालिकाको रास्कोटमा पनि मिनि अक्सिजन प्लान्ट जडान गरेका हौँ ।” देेेेेवले बताउनुभयो । मिनि अक्सिजन प्लान्टबाट प्रतिमिनेट ६० लिटर अक्सिजन उत्पादन हुने र अक्सिजन प्लान्ट जडान गरेर १० वटा शैैयामा अक्सिजन सिलिण्डर जडान गरिएको छ । दुुुुर्गम क्षेत्रलाई आविष्कार केन्द्रले विशेष महत्व दिएर सहयोग गर्दै आएको छ ।

कोरोना सङ्क्रमितलाई अक्सिजनको अभावमा बाहिर रिफर गर्नुपर्ने अवस्था रहेकोमा अब यहाँ अक्सिजन प्लान्ट जडान भएपछि जटिल खालका बिरामीलाई  समेत उपचार गर्न सकिने रास्कोट अस्पतालका प्रमुख डा.भोजराज बमले जानकारी दिनुभयो । कोरोना महामारी आउना साथ आफूहरुले ११ प्रकारका सामान तयार गरी निःशुल्क वितरण गरेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिनुभयो ।

“कोभिड–१९ को सङ्कट आउनासाथ हामीले त्यसको रोकथाम नियन्त्रणका लागि स्वास्थ्य सामग्री उत्पादन गर्दै आएका छौँ, अहिले हामीले ती सामग्री पश्चिमका जिल्ला र पूर्वका पहाडी दुर्गम ठाउँका स्वास्थ्य संस्थालाई निःशुल्क वितरण गर्दै आएका छौँ” पुनले बताउनुभयो



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ