Techie IT
Tuesday August 3, 2021  |   मङ्लबार, साउन १९, २०७८
गृहपृष्ठ » Breaking News » पाकिस्तानबाट उपहरणमा परेकी अफगानी राजदुतकी छोरी ५ घण्टापछि अपहरणमुक्त

पाकिस्तानबाट उपहरणमा परेकी अफगानी राजदुतकी छोरी ५ घण्टापछि अपहरणमुक्त


15 Views

इस्लामाबाद । पाकिस्तानमा अफगानिस्तानका राजदूतकी छोरी अपहरणमा परेर केही घण्टापछि मुक्त भएकी छन् । पाकिस्तानका लागि अफगानी राजदूत नजिबुल्लाह अलिखेलकी छोरी सिलसिला अलिखेल अपहरण भएको पाँच घण्टापछि मुक्त भएकी हुन् ।

अपरिचित बन्दुकधारीहरुले उनलाई इस्लामाबादको ब्लू एरियाबाट अपहरण गरेको पाँच घण्टा सम्म कब्जामा राखी यातना दिएको बताईएको छ । अपहरण मुक्त भपछि उनी अस्पताल भर्ना भएकी छन् । अफगानी सरकारले अपहरणकारी पत्ता लगाउन र कारबाही गर्न माग गर्दै घटनाबारे पाकिस्तान सरकार समक्ष स्पष्टीकरण माग गरेको छ । अफगान सरकारले यस्तो जघन्य अपराधको निन्दा गर्दै पाकिस्तानमा आफ्ना कुटनीतिज्ञ र उनका परिवारहरुको सुरक्षाप्रति चिन्ता व्याक्त गरेको छ । स्रोत : ईण्डीया न्यारेटिभ

क्याटेगोरी : Breaking News, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-