Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलवर्नका नेपाली युवतीको खाताबाट १० हजार डलर चोरिएपछि…

मेलवर्नका नेपाली युवतीको खाताबाट १० हजार डलर चोरिएपछि…


सरल गुरुङ/ब्रिजवेन
अष्ट्रेलियाको मेलवर्नमा अध्ययनतर एक नेपाली छात्राको बैंक खाताबाट १० हजार डलर चोरी भएको छ । नेपालट्युबलाई प्राप्त विवरण अनुसार जुन २८ तारिखमा तीन छुट्टा छुट्टै ट्रान्जेक्सन गरि १० हजार डलर चोरी भएको हो । पहिलो ४ हजार ७ सय ८९, दोस्रो ४ हजार ३ सय र तेस्रो ९ सय डलरको ट्रान्जेक्सन गरि पैसा चोरी भएको हो । थाहै नपाई आफ्नो खाताबाट पैसा अर्कै खातामा ट्रान्सफर भएपनि एक सातापछि मात्रै आफुले थाहा पाएको ती युवतीले नेपालट्युबलाई जानकारी दिनुभयो । थाहा पाउने बित्तिकै बैंकमा उजुरी गरेर ती युवतीले पैसा ल्याउने प्रकृया सुरु गर्नुभयो । बैंकमा कार्यरत नेपालीमुलका कर्मचारीको सहयोगमा १० दिनपछि पैसा फिर्ता ल्याउन सफल भएपनि सो घटनाले निकै तनाव दिएको उहाँले बताउनुभयो ।

चोरी भएको बैंक खाता विवरण यस्तो छ Source Nepali Student

कसरी भयो चोरी ?
आफुलाई जस्तो समस्या अरुलाई नपरोस् भनेर उक्त युवतीले नेपालट्युबलाई सम्पर्क गरि समाचार सामाग्री तयार पारेर सबैलाई सचेत गराइदिन आग्रह गर्नुभएको छ । प्राप्त जानकारी अनुसार पैसा चोरी भएको केही दिन अघि आफुलाई कर कार्यलय एटिओको भन्दै फोन आएको ती युवतीले जानकारी दिनुभयो । झण्डै १ घण्टा लामो कुराकानीले ती व्यक्तिले ट्याक्स फाइल नम्बर टिएफएन नम्बर मागेको, आफ्नो नाममा कार किनिएको तथा विभिन्न अपराधिक कामहरु भएकाले प्रहरी पठाएर पक्राउ गर्ने धम्की दिएको ती युवतीले जानकारी दिनुभयो । त्यसपछि फोनमा बोल्ने व्यक्तिले गिफ्ट कार्ड किनेर नम्बर पठाउन निर्देशन दिएपछि मात्रै आफु ठग स्क्यामरको चंगुलमा परेको थाहा पाएको सो युवतीले बताउनुभयो । त्यसपछि आफुले फोन काटेको उहाँले जानकारी दिनुभयो । त्यसपछि बैंकको मोवाइल एप र इमेल ह्याक भएको उहा“ले बताउनुभयो ।
त्यस्ता कल आएमा आफ्नो विवरणहरु नदिन उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

अष्ट्रेलियामा स्क्यामरको बिगबिगी

अष्ट्रेलियामा अनलाईनबाट ठगी/स्क्यामको घटना बढ्दो क्रममा छ । स्क्यामवाचले सार्वजनिक गरेको तथ्याकं अनुसार सन् २०२० मा मात्रै अष्ट्रेलियामा स्क्यामका १ लाख ६७ हजार भन्दा बढी घटना दर्ता भएका छन् ।
वाचका अनुसार सन् २०२० मा मात्रै ८ सय ५१ मिलियन डलर स्क्यामबाट ठगी भएको छ । जुन सन २०१८ को दाजोमा ३४ प्रतिशतले वृद्धी भएको हो । स्क्यामवाचका अनुसार अष्ट्रेलियामा भएको मुख्य स्क्यामहरु यस्ता छन् ।

$61.8 million: Investment scams

$28.6 million: Dating & romance

$10.1 million: False billing

$5.1 million: Hacking

$4.8 million: Online shopping scams

$4.8 million: Remote access scams

$4.3 million: Identity theft

$4.3 million: Threats to life, arrest or other

$2.8 million: Classified scams

$2.6 million: Inheritance scams

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ