Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यु साउथ वेल्समा थपिए १५१ कोरोना संक्रमित, थप २ जनाको मृत्यु

न्यु साउथ वेल्समा थपिए १५१ कोरोना संक्रमित, थप २ जनाको मृत्यु


ब्रिजबेन, अष्ट्रेलिया । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा पछिल्लो २४ घण्टामा १५१ जना कोरोना संक्रमित थपिएका छन् । न्यु साउथ वेल्सको स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा १४५ स्थानीयमा र ६ जना विभिन्न स्थानबाट राज्य प्रवेश गरेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९८ हजार १५८ जनाको स्वाब परीक्षण गरिएको थियो । न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । अहिलेसम्म न्यु साउथ वेल्समा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४ पुगेको जनाइएको छ । यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा भिक्टोरियामा पनि १२ जना कोरोना संक्रमित थपिएका छन् । यी मध्ये १ जना बाहिरको र ११ जना स्थानीय भएको स्वाथ्य विभागले जानकारी दिएको छ ।

विगत एक महिनादेखी निषेधाज्ञा जारी राखिएपनि न्यु साउथ वेल्स राज्यमा संक्रमणदर उच्च भएपछि गत शुक्रबारबाट कर्फ्यु आदेश जारी गरिएको छ । तर बन्दाबन्दीको बिरोधमा अष्ट्रेलियाका विभिन्न राज्यमा ठूला प्रदर्शनहरु हुन थालेका छन् । महामारी रोकथामको एकमात्र उपाय बन्दाबन्दी भएको भन्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले प्रदर्शन नगर्न आह्वान गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ