Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainmentअभिनेता विराज भट्ट घाइते, रोकियो चलचित्र ‘आक्रोश’ को छायांकन

अभिनेता विराज भट्ट घाइते, रोकियो चलचित्र ‘आक्रोश’ को छायांकन


काठमाडौं । अभिनेता विराज भट्ट चलचित्र छायांकनका क्रममा घाइते हुन पुगेका छन्। भोजपुरी चलचित्र ‘आक्रोश’ को छायांकनका क्रममा अभिनेता विराजको खुट्टामा चोट लागेको हो ।

भारत सरकारले चलचित्र छायांकनको लागि अनुमति दिएपछि उनी केही दिन अघि मात्रै लखनऊ पुगेका थिए । एक्सन सिनमा काम गर्दा बायाँ खुट्टाको घुँडामा समस्या आएको र चिकित्सकले तीन सातासम्म आराम गर्नुपर्ने बताएसँगै चलचित्रको छायांकन रोकिएकोे छ । कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका नायक विराज भट्ट केही समयदेखी नेपालीसँगै भोजपुरी चलचित्रमा काम गर्न थालेर व्यस्त थिए ।

लामो समय नेपाली चलचित्र क्षेत्रभन्दा टाढा बसेका भट्टले गएको वर्ष आफ्नै प्रडक्शनमा ‘साङ्लो’ निर्माण गरेर चलचित्र उद्योगमा पुनरागमन गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ