Thursday, 11 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा अर्की नेपाली विद्यार्थीको ४ हजार डलर ठगी । खानबस्नै समस्या

सिड्नीमा अर्की नेपाली विद्यार्थीको ४ हजार डलर ठगी । खानबस्नै समस्या


सरल गुरुङ/सिड्नी
अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत एक नेपाली युवतीको ४ हजार डलर ठगी भएको छ । अनलाईन स्क्यामर/ठगले नक्कली संघिय प्रहरी बनेर पैसा ठगि गरेको ती युवतीले नेपालट्युबलाई जानकारी गराउनुभयो । तनहु स्थाई घर भई सन् २०१९ देखि सिड्नीमा अध्ययन गरिरहनु भएकी २१ वर्षीय उक्त युवतीलाई मंगलबार बिहान साढे ९ बजे स्क्यामरले मोवाइलमा कल गरेको हो । स्क्यामरले आफु संघिय प्रहरी भएको भन्दै नाम र प्रहरीको ब्याच नम्बर समेत बताएर, युवतीको नामको टिएफएन ट्याक्स फाइल नम्बर दुरुपयोग गरि विभिन्न १५ वटा बैंकमा खाता खालेर दुरुपयोग भएको छ भन्ने धम्क्याएको हो ।
फोनमा कुरा गर्दा गर्दै ठगहरुले वाट्सएपमा मेसेज गरेर गिफ्ट कार्डका फोटो त्यहि पठाउन समेत भनेको ती युवतीले उल्लेख गर्नुभयो । वाट्स् एप मेसेजमा ठगहरुले अष्ट्रेलियन फेडलर पुलिसको नम्कली लोगो समेत राखेको छ । हेर्नुस् तस्बिर

अष्ट्रेलियन फेडरल पुलिसको नक्कली लोगो राखेर नेपाली युवतीलाई मेसेज गरेको वाट्स एप मेसेज

त्यसपछि ती ठगले बैंकमा भएको सबै पैसाले तत्काल गिफ्ट कार्ड किनेर कार्ड नम्बर पठाए कानुनी कारवार्हीबाट जोगिने भनेर आश्वसन दिएको समेत उक्त युवतीले नेपालट्युबलाई जानकारी गराउनुभयो । ठगलाई प्रहरी नै हो भन्ने विश्वास गरेर ती युवतीले तत्कालै नजिकैको कोल्समा गई ५ सय दरको चार वटा गिफ्ट कार्ड किनेर, त्यसको नम्बर ठगलाई पठाएको बताउनुभयो । फोन नै राख्न नदिएको उक्त ठगले, गिफ्ट कार्डमा पठाएको पैसा बराबरको बैंकको चेक लिएर दुइ घण्टापछि घरमै प्रहरी अधिकारी आउने भन्दै युवतीको ठेगाना समेत मागेको हो ।
पैसा तिरेको दुइ घण्टा बितिसक्दा समेत प्रहरी नआएपछि ती युवती आफै प्रहरी कार्यलय पुग्नुभएको थियो । त्यसपछि मात्रै आफु ठगिएको चाल पाएको सो युवतीले बताउनुभयो । प्रहरी र बैंकमा उजुरी गरेपनि पैसा फिर्ता हुने संभावना न्युन रहेको भन्दै ती युवतीले दुखेसो गर्नुभयो ।

भएको पैसा लुटिएपछि खान बस्नै समस्या

सिड्नी कोरोनाको कहरमा छ । हप्तौदेखि लकडाउन हुदा क्याफेको काम पनि गुमेको छ ती युवतीको । २० घण्टाभन्दा कम मात्रै काम गर्ने भएकाले सरकारबाट एक पटक ३ सय डलर मात्रै राहत पाएको सो युवतीले बताउनुभयो । कलेजको फि तिर्न जम्मा गरेको पैसा पनि लुटिएपछि ती युवती अहिले निकै अप्ठ्यारोमा पर्नुभएको छ । कलेजको फि कसरी तिर्ने भन्ने समस्या मात्रै होइन, कोठाभाडा र खानै पनि पैसा नभएपछि ती युवतीले सिड्नीस्थिती प्रवासी विद्यार्थी संगठनमा सहयोगका लागि हारगुहार गर्नुभएको छ । संगठनका अध्यक्ष सम्राट ओलीले सो युवतीलाई सहयोग गर्न तयारी गरिरहेको र सबै समुदाय मिलेर सहयोग गर्न सबैलाई आाग्रह समेत गर्नुभयो ।

अष्ट्रेलियामा स्क्यामरको बिगबिगी

अष्ट्रेलियामा अनलाईनबाट ठगी/स्क्यामको घटना बढ्दो क्रममा छ । स्क्यामवाचले सार्वजनिक गरेको तथ्याकं अनुसार सन् २०२० मा मात्रै अष्ट्रेलियामा स्क्यामका १ लाख ६७ हजार भन्दा बढी घटना दर्ता भएका छन् ।
वाचका अनुसार सन् २०२० मा मात्रै ८ सय ५१ मिलियन डलर स्क्यामबाट ठगी भएको छ । जुन सन २०१८ को दाजोमा ३४ प्रतिशतले वृद्धी भएको हो । स्क्यामवाचका अनुसार अष्ट्रेलियामा भएको मुख्य स्क्यामहरु यस्ता छन् ।

$61.8 million: Investment scams

$28.6 million: Dating & romance

$10.1 million: False billing

$5.1 million: Hacking

$4.8 million: Online shopping scams

$4.8 million: Remote access scams

$4.3 million: Identity theft

$4.3 million: Threats to life, arrest or other

$2.8 million: Classified scams

$2.6 million: Inheritance scams



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ