Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalविश्वमै पहिलो पटक सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन सुरु गर्दै त्रिभुवन विश्वविद्यालय

विश्वमै पहिलो पटक सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन सुरु गर्दै त्रिभुवन विश्वविद्यालय


काठमाडौं । विश्वमै अत्यधिक भ्रष्टाचार हुने देशको सूचीमा नेपालको नाम पनि अग्र स्थानमै समेटिएको छ । यसै सन्दर्भमा नेपालको जेठो विश्वविद्यालयले विश्वमै पहिलो पटक सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन–अध्यापन गराउने भएको छ । त्रिविले यसै शैक्षिक वर्षदेखि स्नातकोत्तर तहमा दुई वर्षीय कार्यक्रम अन्तर्गत यो विषय अध्यापन गर्न लागेको जानकारी गराएको हो ।

डिन प्रा. डा. कुसुम शाक्यले त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत सुरु गर्न लागिएको कार्यक्रमले देशमा सुशासन कायम गर्न र भ्रष्टाचार कम गर्न मद्दत पुग्ने आशा व्यक्त गर्नुभयो । बुधवार त्रिवि प्राङ्गणमा आयोजित विषयगत परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगमले आफूले यस विषय त्रिविमा प्रवेश गराउन विगत २५ वर्षदेखि प्रयत्नरत रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । कार्यक्रमका संयोजक डा. योगेश रञ्जितले कार्यक्रम र पाठ्यक्रमबारे जानकारी गराउँदै दुई वर्षीय कार्यक्रममा जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीले पनि सुशासन तथा भ्रष्टाचार निवारण अध्ययनमा सहभागी हुन सक्ने, फर्म अनलाइन माध्यमबाट पनि भर्न सकिने र शुल्क पनि पूरा कार्यक्रमको न्यूनतम एक लाख ७३ हजार रुपैयाँ मात्रै राखिएको जानकारी दिनुभयो ।

प्रा. डा. शिवराज अधिकारी, प्रा. डा. रविनकुमार आचार्य, ट्रान्सपेरेन्सी इन्टरनेशनलकी अध्यक्ष पद्मिनी प्रधानांग, राजनीति शास्त्रका प्राध्यापक गेहेन्द्र लाल मल्ल लगायतले कार्यक्रम सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ