Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsयूएइमा भारतीय प्रवासी लक्षित न्युज पोर्टल सञ्चालनमा

यूएइमा भारतीय प्रवासी लक्षित न्युज पोर्टल सञ्चालनमा


एजेन्सी । भारतीय विदेश मामिला मन्त्रालयद्धारा संयुक्त अरब इमिरेट्स ९यूएइ० स्थित न्युज पोर्टल सञ्चालनमा ल्याईएको छ । भारतीय विदेश मामिला मन्त्रालयले यूएइ स्थित भारतीय प्रवासीहरुलाई लक्षित ग्लोबल प्रवासी रिश्ता पोर्टल सञ्चालनमा ल्याएको छ ।

यूएइ स्थित २४ लाख प्रवासी, भारत सरकार साथै विश्वभरी रहेका तीन करोड भारतीय प्रवासीलाई जोड्ने उदेश्यका साथ न्युज पोर्टल सञ्चालन गरिएको यूएइस्थित भारतीय वाणिज्य दूतावासले जनाएको छ । वाणिज्य दूतावासले न्युज पोर्टलमा रजिष्ट्रर गर्न यूएइ स्थित सबै प्रवासीहरुमा आग्रह गरेको छ । उक्त पोर्टलमा भिसा, पासपोर्ट, कन्सुलर सेवा, संकटको समयमा भारतीयहरुलाई सहायता प्रदान गर्ने लगायतका जानकारी समेटिने बताईएको छ ।

पोर्टलले भारतीय प्रवासीहरुलाई आकस्मिक अबस्थामा वाणिज्य दूतावासका अधिकारी र सेवा सँग जोड्न सहयोग गर्ने बताईएको छ । स्रोतः खालीज टाईम्स



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ