Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयो वर्षको क्वाड सम्मेलन अमेरिकाले आयोजना गर्ने

यो वर्षको क्वाड सम्मेलन अमेरिकाले आयोजना गर्ने


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो बर्ष क्वाड सम्मेलन आयोजना गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले यो बर्ष क्वाड (अमेरिका, अस्ट्रेलिया, भारत र जापानको रणनीतिक फोरम) सम्मेलनको आयोजना गर्ने भएका हुन् ।

सदस्य राष्ट्रका प्रमुखहरुको व्याक्तिगत उपस्थिति रहने यो पहिलो क्वाड सम्मेलनको मिति भने तोकिएको छैन । गत मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन र जापानी प्रधानमन्त्री सुगा योसिहिदे उपस्थित क्वाडको पहिलो बैठक भने भर्चुअल रुपमा आयोजना गरिएको थियो । इन्डो प्यासिफिक क्षेत्रको अमेरिकी संयोजक कर्ट क्याम्पबेलले यो बर्ष हुने क्वाड सम्मेलन अमेरिकाले आयोजना गर्ने बताएका हुन् । यो सम्मेलनमा कोभिड १९ बिरुद्ध खोप नीति तथा पूर्वाधार बिषयमा निर्णायक प्रतिबद्धता हुने क्यापबेलले बताएका छन् ।

सम्मेलनमा सदस्य चार मुलुकहरुले आगामी सन् २०२२ मा इन्डो प्यासिफिक मुलुकहरुमा एक अर्ब डोज जोनसोन एण्ड जोनसोन कोभिड १९ बिरुद्धको खोप उपलब्ध गर्नेबारे छलफल हुने बताईएको छ । इन्डो प्यासिफिक क्षेत्रमा चीनको विस्तारवादी नीतिको प्रतिरोधको रुपमा क्वाड रणनीतिक फोरमलाई लिईने गरिन्छ । स्रोतः द टाईम्स अफ इण्डीया



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ