Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalबेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुमाथीको प्रतिबन्ध हटायो

बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुमाथीको प्रतिबन्ध हटायो


काठमाडौं, एजेन्सी । बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुमाथीको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि युरोप र अमेरिकाबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध अगस्ट २ पछि लागु हुनेगरी हटाइएको हो । यात्रामा सहभागिले कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाइसकेको भने हुनुपर्नेछ ।

यो नियम आगामी सोमबार अर्थात अगष्ट २ बाट लागू हुने बताइएको छ । युरोपियन मुलुकबाट आउनेहरुले दुवै डोज खोप लगाएको प्रमाणस्वरूप ‘इयू डिजिटल कोभिड प्रमाणपत्र’ र अमेरिकाबाट आउनेहरुले ‘सीडीसी’ कार्ड उपलब्ध गराउनुपर्ने जनाइएको छ । यात्रा गर्नु अघि र बेलायत आएको दोस्रो दिनमा भने यात्रुहरुले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने सर्त राखिएको छ । अब बेलायत प्रवेश गर्दा फ्रान्सबाहेकका ‘पहेलो सूची’ अन्तर्गतका मुलुकबाट आउने यात्रुहरुले आइसोलेशन बस्नु नपर्ने भएको छ ।

नयाँ नियमसँगै लामो समयदेखि आफ्ना परिवारबाट टाढिएका व्यक्तिहरुसँग भेट्न पाउने अवसर मिल्ने सरकारले अपेक्षा राखेको छ । पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर बढे पनि यसको असर कम भएको भन्दै जनजीवन सामान्य बनाउन प्रतिबन्धहरू क्रमशः खुकुलो बनाइएको छ । Photo : Reuters



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ