Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए अष्ट्रेलियाको चुनाव आज । यसरी हाल्नुस् भोट

एनआरएनए अष्ट्रेलियाको चुनाव आज । यसरी हाल्नुस् भोट


ब्रिजवेन/आज जुलाई ३१ गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन हुदैछ । कोरोनाका कारण यसपाली अनलाईनबाट मतदान भइरहेको छ । सिड्नी समय अनुसार बिहान सातबजेदेखि बेलुका ७ बजेभित्र भोट हालि सक्नुपर्ने छ । अनलाइन भोट हाल्नका लागि इमेल र एसएमएसमा लिंक आउनेछ । भेरो भोटिङ भन्ने कम्पनीले रजिष्ट्रर्ड सदस्यहरुलाई लिंक र वान टाइम युजर नेम र पासवर्ड पठाएको छ ।

कम्पनीले पठाएको लिंकमा गएर सो युजर नेम र पासवर्ड प्रयोग गरेर भोट हाल्न सकिनेछ । लग इन गरेपछि दोस्रो तहको भेरिफिकेसनका लागि दर्ता भएको मोवाइल नम्बरमा ४ डिजिट भेरिफिकेसन कोड आउने छ । भेरिफाइ भएपछि मात्रै तपाई मतदानको मुख्य वेवपेजमा पुग्नु हुनेछ । मोवाइलमा आएको ४ डिजिट कोडलाई भोटिङ पेजको टोकन सेक्सनमा हाल्नुपर्ने छ । त्यसपछि तपाईको राज्यसहितको पेज देखिने छ ।

त्यसपछि अर्को पेजमा गएर आफुले भोट हाल्ने उमेद्वार छान्न सक्नुहुनेछ । एक भन्दा बढी पदका लागि उमेद्वार छन् भने पनि रोज्न सकिनेछ । सबै तहमा मतदान गरिसकेपछि अन्तिममा फिनिस र लग आउटमा क्लिक गर्नुपर्छ । एक पटक गरेपछि अर्को पटक भोट हाल्न पाइदैन । भोटिङ गर्दा केही समस्या आए राज्यअनुसारको हेल्पलाइनमा कल गर्न सकिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ