Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकथा चित्रकार अजिम हसनको काश्मीर देखि चीन सम्मको यात्रा

कथा चित्रकार अजिम हसनको काश्मीर देखि चीन सम्मको यात्रा


एजेन्सी । भारतको जम्मु काश्मीरका कथा चित्रकार अजिम हसन आफ्नो चित्र प्रदर्शनका लागि चीन गएका छन् । जम्मु काश्मीरस्थित अनन्तनाग जिल्लाका ३४ बर्षीय कथा चित्रकार अजिमले अन्तराष्ट्रिय स्तरमा आफ्नो चित्र प्रदर्शनका लागि चीन गएका हुन् ।

जम्मु काश्मीरको स्थानीय कथाहरु अन्तराष्ट्रिय स्तरमा पुर्याउने पहिले देखि सपना रहेको उनले बताए । कला भन्ने कुरा सिकाई गर्न नसकिने भन्दै यसलाई केवल सुधार र विकसित गर्दै लाने सीप भएको अजिमले बताए । कोरोना माहामारीको समयमा उनले ठुला तथा लाक्षणिक चित्रहरु बनाएका छन् । उनको बुलबुल चित्रमा जम्मु काश्मीरको सुन्दर पक्ष उतारिएको छ । यो चित्रमा एक सुन्दर युवति शिकारा ताल नजिकै बुलबुल चरीसँग संवाद गरिरहेको दृश्य छ । यसले जम्मु काश्मीरको स्वच्छता, निर्मलता र आतिथ्य सत्कारलाई झल्काएको चित्रकार अजिमले बताए । अजिमको चित्रले काश्मीर, काश्मीरी मानिस, काश्मीरी बाटो, हिमालय, संस्कृति, इतिहास जस्ता मौलिक अस्तित्व झल्काउने उनको भाई तथा पहिलो आलोचक हनन बाबाले बताए ।

अजिमले काश्मीर विश्वबिधालयबाट फाइन आर्टमा ब्याचलर तह पास गरेका छन्, भने नयाँ दिल्ली स्थित जमिया मिलिया इस्लामिया बिश्वविधालयबाट चित्रकार बिधामा मास्टर्स गरेका छन् । त्यसपछि फाइन आर्ट बिधामा दोस्रो मास्टर्सका लागि चीनस्थित चाइना एकेडेमी अफ आर्टमा अध्ययन गरेका छन् । चीनमा अध्ययनको क्रममा रहँदा पनि आफ्नो चित्रमा काश्मीरकै मौलिकता उतार्ने गरेको उनले बताए । पछिल्लो समय, चित्र प्रदर्शनीका लागि अजिम चीनको हांग्जोउ पुगेका हुन् । स्रोतः ग्रेटर काश्मीर



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ