Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाकाे मुर्रे नदीमा हराईरहेका विगुल अझै भेटिएनन् । गाेताखाेरकाे खाेजी सकियाे

अष्ट्रेलियाकाे मुर्रे नदीमा हराईरहेका विगुल अझै भेटिएनन् । गाेताखाेरकाे खाेजी सकियाे


सरल गुरुङ/सिड्नी

घटना भएकाे ३ दिन बितिसक्दा  पनि नदिमा बेपत्ता नेपाली विद्यार्थीकाे अवस्था पत्ता लाग्न सकेकाे छैन । गत बुधबार, अष्ट्रेलियाकाे न्यु साउथ वेल्स र भिक्टाेरिया राज्यकाे सिमानामा पर्ने अल्वरीस्थित मुर्रे नदीमा पाैडी खेल्दा २१ वर्षिय विगुल पण्डित डुबेर बेपत्ता भएका थिए । 

बिगुलकाे खाेजीमा प्रहरीका गाेताखाेरहरु

घटना लगतै प्रहरी, एम्बुलेन्सका कर्मचारी र स्वयमसेवकले खाेजी तिब्र पारेका थिए । घटनाकाे दाेस्राे दिन सिड्नीबाट गएका प्रहरी गाेताखाेरले नदिकाे एक किलाेमिटर क्षेत्रकाे पिधसम्मै पुगी खाेजी गरेका थिए । डुंगा, हेलिकप्टर र गाेताखाेरहरुले लगातार तीन दिनसम्म खाेजी गर्दा पनि केही नभेटेपछि सिड्नीबाट गएका टाेलीले शनिवार साझदेखि खाेजी कार्य स्थगन गरेका छन् । डुबेकाे शरिर सतहमा नतैरिदासम्म पत्ता लगाउन मुस्किल भएकाे भन्दै गाेताखाेरले खाेजी स्थगन गरेकाे स्थानिय संचारमाध्यम बाेर्डर मेलले जनाएकाे छ । 

गाेताखाेरले राेकेपनि स्थानिय प्रहरीले भने निरन्तर खाेजी गरिरहने जनाएकाे छ । 

हराईरहका पण्डित चाल्स स्टर्ट विश्वविद्यालयमा अध्ययनरत थिए । 

पण्डित पहिलाे पटक नदीमा पाैडी खेलिरहेका थिए । प्रत्यक्षदर्शीका अनुसार घुडासम्म आउने पानीमा बिगुल साथीभाईसँग पानी छ्यापाछ्याप र फुटवल फालाफाल गर्दै रमाईलाे गरिरहेका थिए । अचानक विगुल अचानक गायब भएपछि सबै जना मिलेर खाेजेका थिए । 

रातकाे समयमा पनि खाेजी कार्य जारी

दुई साता अघि पनि एडिलेडमा शारीरिक अपाङ्गता भएका बालक बचाउन खाेज्दा निश्चल घिमिरेकाे समुन्द्रमा डुबेर ज्यान गएकाे थियाे । 

नेपालीकाे जनसंख्या बढेसंगै अष्ट्रेलियामा पानीमा डुबेर ज्यान गुमाउने नेपालीकाे संख्या पनि बढिरहेकाे छ । 

समुन्द्र बारे जानकारी नहुनु र पाैडी खेल्न नआउदा यस्ता घटना वर्षेनी दाेहाेरीरहेकाे अन्तराष्ट्रिय विद्यार्थी काउन्सिलका अध्यक्ष विजय सापकाेटाले बताउनुभयाे । अष्ट्रेलियामा बस्ने र आउनेहरुले पाैडी र समुन्द्र बारे जानकारी लिनैपर्ने सापकाेटाकाे भनाई छ । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ