Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsन्यायालय सुधारको प्रयासमा प्रधानन्यायाधीश जवरा, मंसिरदेखि गोला प्रथाबाट पेशी तोकिने !

न्यायालय सुधारको प्रयासमा प्रधानन्यायाधीश जवरा, मंसिरदेखि गोला प्रथाबाट पेशी तोकिने !


काठमाडौं । अदालमा बिचौलियाको विगबिगी हुने गरेको तथा कतिपय न्यायधीश नै बिचौलियाका रुपमा सक्रिय बनेको प्रतिवेदन पेश भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायिक सुधारको प्रयास थालेका छन् । प्रधानन्यायाधीश जबराले विकृति विसंगति विहीन न्यायपालिका सम्बन्धी अध्ययन प्रतिवेदन कार्यन्वयन गर्न भन्दै मंसिरदेखि सबै अदालतमा गोला प्रथाबाट मुद्दाको पेशी चढाइने घोषणा गरेका हुन् ।

आइतबार न्यायपरिषदलाई पत्र लेखेर स्वचालित पेशी प्रणाली तत्काल कार्यन्वयनका लागि जिल्ला र उच्च अदालतलाई निर्देशन दिइएको छ । न्यायाधीश नियुक्तिको मापदण्डमा समेत अध्ययन समितिले प्रश्न उठाएकाले न्यायपरिषद बैठकबाट विशेष अदालतका अध्यक्षसहित अन्य न्यायाधीश सिफारिस गर्ने प्रक्रिया समेत केही दिन पर सरेको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै स्वचालित पेसी प्रणाली लागु नहुँदासम्म उच्च तथा जिल्ला अदालतहरुमा गोला प्रथाबाट पेशी सूची प्रकाशन गर्न परिपत्र गरिएको जानकारी गराएका छन् । न्यायालयमा हुनसक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचारबारे अध्ययन गर्न गठित समितिको सुझाव अनुसार जिल्ला र उच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्न पत्राचार गरिएको बताइएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले साउन १४ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुझाएको प्रतिवेदनमा न्यायालयमा विकृति, विसंगति, अनियमिता र विचौलिया रोकथामका लागि अदालतमा पेशी तोक्ने प्रणाली संशोधन गर्नुपर्ने सुझाव दिइएको थियो । समितिले जिल्ला अदालतमा एउटै न्यायाधीशले शुरुदेखि अन्तसम्म मुद्दा तोक्ने प्रणाली तथा उच्च अदालतमा मुख्य न्यायाधीश र सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन गर्ने प्रणाली संशोधन गरी स्वचालित पेशी सूची प्रणाली लागू गर्नुपर्ने सुझाव दिएको थियो ।

यस्तै समितिले संबैधानिक परिषद्मा प्रधनन्यायाधीश सहभागि हुँदा स्वार्थ बाझिने भन्दै उपस्थित नहुन समेत सुझाब दिएको छ । न्यायाधीश नियुक्ति, सरुवा, बढुवादेखी, मुद्धाको फैशलासम्मै समस्या औल्याउँदै सुधारका सुझाब समेत प्रतिवेदनमा समेटिएका छन् । प्रतिवेदन बुझ्दै हुबहु कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएका प्रधानन्यायाधीश जवराले सुधार गर्ने अपेक्षा गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ