Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsठूलो मुख भएकी ३१ वर्षिया अमेरिकन महिलाले बनाइन विश्व रेकर्ड

ठूलो मुख भएकी ३१ वर्षिया अमेरिकन महिलाले बनाइन विश्व रेकर्ड


एजेन्सी । अमेरिकाको कनेक्टिकटकी समान्था राम्सडेलले ठूलो मुख भएको विश्व रेकर्ड बनाएकी छन् । राम्सडेलको मुख ६.५६ सेन्टिमिटरसम्म खुल्ने र तेस्रो नाप्दा १० सेन्टिमिटरसम्म पुग्ने गिनिज बुक अफ वर्ल्ड रेकर्डले जानकारी दिएको हो ।

राम्सडेलले आफूलाई आफ्नो मुख जहिले पनि ठूलो लाग्ने भए पनि टिकटकमा भिडियो पोष्ट गरेपछि मात्र यो कीर्तिमानी रेकर्ड हुने जानकारी पाएको बताएकी छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनलाई कीर्तिमानका लागि प्रयास गर्न भनेपछि उनी गिनिज बुकमा नाम लेखाउन पुगेकी थिइन् । ३१ वर्षीया राम्सडेलको टिकटकमा १७ लाख फलोअर्सहरु रहेका छन् ।

‘मेरो मुखको कारणले म यति चर्चित हुन्छु भन्ने सोचेको पनि थिइनँ,’ राम्सडेल भन्छिन् । भिडियोहरुमा उनले मुखमा एकैपटक तीनवटा डोनट अटाएको, ठूलो मात्रामा फ्राइजहरु अटाएको लगायत भिडियोहरु भाइरल भएका छन् । सीएनएनबाट



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ